बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डले संसदमा विश्वासको मत पाएका छन ।
कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डले आज बागमती प्रदेश सभामा विश्वासको मत लिएका हुन ।
संसदमा पाण्डेको पक्षमा ५९ र विपक्षमा ४३ मत परेको छ । सरकारलाई बहुमत जुटाउनको लागि ५५ मत भए पर्याप्त हुन्छ ।
विश्वासको मतको लागि मतदान हुँदा १०४ मत खसेको थियो । खसेको मध्ये दुई मत भने तटस्थ रहेका छन ।
प्रदेशसभा बैठकमा राप्रपाका दुई सांसद रिता माझी र रिना गुरुङ तथा एमालेका दुई सांसद गणेश दुलाल र बेलिमैया घले अनुपस्थित रह...