नेकपा एमाले विभाजनसँगै अल्पमतमा रहेको बागमती प्रदेश सरकार परिवर्तनका लागि दलहरु कसरत गरिरहेका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यका सामु यतिबेला तीन वटा विकल्प देखिएको छ । पदबाट राजीनामा दिने वा प्रदेशसभामा विश्वासको मत लिने या अविश्वास प्रस्ताव सामना गर्ने भन्ने तीन विकल्प उनीसामु छ । यीमध्ये उनले कुन विकल्प रोज्ने भन्ने प्रस्ट भइसकेको छैन ।गत भदौ २७ गतेदेखि बागमती प्रदेशसभा सचिवालयमा नेकपा एकीकृत समाजवादी पार्टीले औपचारिकता पाएको छ । निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी