यू-२३ राष्ट्रिय भलिबल टिमको लागि खेलाडी छनोट गरिने

१६ कात्तिक, काठमाडौं । नेपाल भलिबल संघले यू-२३ राष्ट्रिय पुरुष भलिबल टिम बनाउनका लागि २३ वर्षमुनिका खेलाडी छनोट गर्ने भएको छ । मंगलबार बसेको संघको कार्यसमिति बैठकले बंगलादेशको ढाकामा आयोजना हुने सिएभिए यू २३ पुरुष भलिबल प्रतियोगितालाई मध्यनजर गर्दै यू-२३ टिम बनाउन लागेको हो । त्यसैका लागि तीन दिन सम्म खेलाडी छनोट कार्यक्रम सञ्चालन गर्ने संघले निर्णय गरेको हो […]

सम्बन्धित सामग्री

प्रदेशस्तरीय पुरुष भलिबलको उपाधि सल्यानलाई

सल्यान : कर्णाली प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि सल्यानले जितेको छ।सुर्खेतको वीरन्द्रनगरमा शनिबार सम्पन्न फाइनल खेलमा सुर्खेतलाई ३–२ को सेटले पराजित गर्दै सल्यान विजेता बनेको हो। सल्यानसँग पराजित भएको सुर्खेत उपविजेतामा सीमित हुँदा रुकुम पश्चिमले तेस्रो स्थान हासिल गर्न सफल भयो।पुसमा हुने राष्ट्रिय भलिबल प्रतियोगितामा सोही टिमबाट खेलाडी छनोट गरिने कर्णाली प्रदेश भलिब संघका अध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिए। विजेतालाई कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले

यू-२३ राष्ट्रिय भलिबल:  गण्डकीका दुई खेलाडी छनोट

ढाकामा हुने ‘बङ्गबन्धु एसियन यू-२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’का लागि यू-२३ राष्ट्रिय टिममा गण्डकी प्रदेशबाट दुई खेलाडी छनोटमा परेका छन् ।

यू-२३ राष्ट्रिय भलिबल टिमका लागि बन्द प्रशिक्षणमा २० खेलाडी छनोट

२७ कात्तिक, काठमाडौं । बंगलादेशमा हुने काभा यू-२३ पुरुष भलिबल च्याम्पियनसिपका लागि टिम बनाउन नेपाल भलिबल संघले खुल्ला छनोटबाट बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट गरेको छ  । संघले शनिबार विज्ञप्ति जारी गर्दै २० खेलाडी छनोट गरिएको जनाएको छ । राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा कात्तिक २१ देखि २४ गतेसम्म चार दिन सञ्चाल भएको खुल्ला […]

म्याग्दीमा नवौं राष्ट्रिय खेलकुदको तयारी हुँदै

गलेश्वर- जिल्ला खेलकुद विकास समिति म्याग्दी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट तयारीमा जुटेको छ । प्रदेश खेलकुद परिषद्को खेल कार्यतालिका अनुसार नवौँ राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागी हुने म्याग्दी जिल्लाका सम्पूर्ण भलिबल खेलाडीलाई आगामी भदौ ३ गतेसम्म खेलाडी दर्ता फारम भर्न र व्यक्तिगत तयारी गर्नका लागि जिल्ला भलिबल सङ्घले आह्वान गरेको छ । त्यस्तै […]

अरुणा दोस्रो पटक ‘वर्ष उत्कृष्ट खेलाडी’

पोखरा – राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाही दोस्रो पटक वर्ष उत्कृष्ट खेलाडीको रूपमा सम्मानित भएकी छन्। दोस्रो स्पोर्टस अवार्डमा पनि उत्कृष्ट बनेकी शाही अहिले पुनः उत्कृष्ट खेलाडी बन्दै पुरस्कृत भइन्। शाहीसँगै पुरुषतर्फ टेनिसका प्रदीप खड्का वर्ष उत्कृष्ट खेलाडी छनोट भएका छन्। खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्दै आएको पोखरा स्पोर्टस अवार्डअन्तर्गत शाही र खड्कालाई […]

राष्ट्रिय भलिबल टोलीको प्रारम्भिक टोलीमा मानबहादुर श्रेष्ठसहित को को परे ?

काठमाडौं- ओपन स्पाइकर मानबहादुर श्रेष्ठले राष्ट्रिय भलिबल टोलीका लागि २० सदस्यीय प्रारम्भिक टोलीमा समावेश भएका छन्। नेपाल भलिबल संघले शुक्रबार बंगलादेशको ढाकामा हुने ‘एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिता’को लागि राष्ट्रिय पुरुष टोलीको पहिलो चरणमा २० खेलाडी छनोट गर्दा मानबहादुरले पुनरागमन गरेका हुन् । मानबहादुरसँगै दिलबहादुर सुनवार र भैरव बमले पनि राष्ट्रिय टोलीमा स्थान […]