कांग्रेस क्रियाशील सदस्य : थप ३३ जिल्लाका ६५ स्थानको नामावली सार्वजनिक

३१ जेठ, काठमाडौं । आगामी १४ औं महाधिवेशनको तयारीका लागि व्यस्त भएको नेपाली कांग्रेसले थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेको छ । यसअघि १०१ स्थानको नामावली सार्वजनिक गरेको कांग्रेसले थप ३३ जिल्लाका ६५ स्थानको नामावली पार्टीको वेबसाइटमार्फत् सार्वजनिक गरेको हो । कांग्रेसका क्रियाशील सदस्यताको नामावली अझै ७ जिल्लाबाट आउन बाँकी छ […]

सम्बन्धित सामग्री

कांग्रेसले टुंग्यायो ७७ वटै जिल्लाका क्रियाशील सदस्य, रौतहटको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता टुंगो लगाएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले बुधबार रौतहट जिल्लाको क्रियाशील सदस्य नामावली सार्वजनिक गरेसँगै देशभरका ७७ वटै जिल्लामा क्रियाशील सदस्यता टुंगो लागेको हो । प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता टुंगो लागेको बताए । २७-२९ मंसिरमा तोकिएको कांग्रेस महाधिवेशनको तयारीअन्तर्गत रौतहटमा क्रियाशील सदस्यतामा विवाद देखिएको […] The post कांग्रेसले टुंग्यायो ७७ वटै जिल्लाका क्रियाशील सदस्य, रौतहटको नामावली सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नेपाली कांग्रेसले टुंग्यायो७७ वटै जिल्लाको क्रियाशील सदस्यता

नेपाली कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता टुंगो लगाएको छ ।कांग्रेस केन्द्रीय निर्वाचन समितिले बुधबार रौतहट जिल्लाको क्रियाशील सदस्य नामावली सार्वजनिक गरेसँगै देशभरका ७७ वटै जिल्लामा क्रियाशील सदस्यता टुंगो लागेको हो ।

काँग्रेस महाधिवेशनः कैलालीको वडा अधिवेशनको अझै टुंगो लागेन

सुदूरपश्चिम प्रदेशका जिल्लाहरू मध्य कैलालीमा कांग्रेसका सबैभन्दा बढी क्रियाशील सदस्य रहेका छन्। कैलालीमा १२६ वडा छन्। कैलालीको १८ हजार २ सय ५९ क्रियाशील सदस्य सार्वजनिक गरिएको नेपाली कांग्रेस कैलाली जिल्ला कार्यसमिति सदस्य केशव मिश्रले बताएका छन्। जिल्लाब...

पश्चिम नवलपरासीमा कांग्रेस क्रियाशील सदस्य विवाद चर्कियो, सूची सच्याउन माग

रुपन्देही । सहमति विपरीत केही नेताको दबाबमा नेपाली कांग्रेसको क्रियाशील सदस्य थप गरिएको भन्दै पश्चिम नवलपरासीमा विवाद भएको छ । जिल्लाबाट सिफारिस भएविपरीत क्रियाशील सदस्यको नामावली केन्द्रमा थपघट गरेको भन्दै कांग्रेसको एक समूहले रद्द गर्न माग गरेको छ । प्रक्रिया नपुगेका कारण जिल्ला र क्षेत्रले समेत टुंगाउन नसकेका नामहरु जिल्लाका केही नेताको दबाबमा केन्द्रबाट थपघट […]

कास्कीमा कांग्रेसका १९ हजार १४२ क्रियाशील सदस्य

गण्डकी । नेपाली कांग्रेस कास्कीले क्रियाशील सदस्यको विवरण पार्टीको केन्द्रीय कार्यालयलाई बुझाएको छ । कास्की कांग्रेसका सभापति कृष्ण केसीको नेतृत्वमा पुगेको पदाधिकारीको टोलीले विवरण बुझाएको हो । जिल्लाबाट पार्टीका नयाँ र पुराना गरी १९ हजार १४२ जना क्रियाशील सदस्यको नामावली बुझाएको प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । टोलीले पार्टीका केन्द्रीय नेतासँग भेटघाट गरी मुलुकको पछिल्लो […]