स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेश राष्ट्रियसभाबाट स्वीकृत

राष्ट्रियसभाको आजको बैठकले विभिन्न आठ अध्यादेश स्वीकृत गरेको छ।

सम्बन्धित सामग्री

स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धि अध्यादेशको नीजि क्षेत्रद्वारा स्वागत

काठमाडौं। सरकारले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६’ मा संसोधन गरी अध्यादेश जारी गरेको विषयमा नीजि क्षेत्रले त्यसको स्वागत गरेको छ । एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल(अफिन) का अध्यक्ष बसन्त चौधरीले बुधबार एक विज्ञप्ति जारी गर्दै अध्यादेशको स्वागत गर्नुभएको हो । विज्ञप्तिमा अफिनले पटक–पटक उठाउँदै आएको मागलाई सम्बोधन गर्दै सरकारले यसपटक […]

स्वास्थ्यकर्मी र अस्पतालमा आक्रमण गर्नेलाई सिधै थुनामा !

२६ वैशाख, काठमाडौं । चिकित्सा क्षेत्रको लामो प्रतीक्षा र दबावपछि सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन (पहिलो संशोधन) अध्यादेश २०७९ जारी गरेको छ । लापरवाहीको आरोपमा आक्रमणका घटना बढेसँगै सरोकारवालाले चिकित्सक, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्याभूति हुने गरी कानुनको माग गर्दै आएका थिए । अध्यादेशमा स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कामबाट […]

अध्यादेशको चिकित्सक संघ गर्‍यो स्वागत

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७९ को नेपाल चिकित्सक संघले स्वागत गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै सरकारले संघसँगको सम्झौता बमोजिम नेपालमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७९ जारी गरेको भन्दै स्वागत गरेको हो । संघले अध्यादेशले स्वास्थ्य संस्थामा […]

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई पाँच वर्षसम्म कैद सजाय

स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि आक्रमण गर्नेलाई विगतभन्दा थप कडा सजायसहित अध्यादेश जारी गरिएको छ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गरी स्वास्थ्य तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधित २०७९ अध्यादेश जारी भएको छ । अध्यादेशमा स्वास्थ्य संस्थामा आगजनी गर्नेलाई पुर्पक्षमा थुनामा राख्ने व्यवस्था गरिएका थियो भने नयाँ संशोधित अध्यादेशमा स्वास्थ्य संस्थामा आगजनी गर्ने गरेमा  दुई  वर्षदेखि पाँच वर्षसम्म कैद वा दुई लाख रुपैयाँदे

संसद् अधिवेशन आह्वान र अध्यादेश जारी सँग-सँगै, के के भए जारी?

काठमाडौँः संघीय संसद्को बर्खे अधिवेशन आइतबार आह्वान भएको छ। अधिवेशन आह्वानसँगै सरकारको सिफारिसमा दुई अध्यादेश पनि राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छन्।  राष्ट्रपति कार्यालयका अनुसार औषधि तेस्रो संशोधन अध्यादेश र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी भएका हुन्। संसदमा विचाराधीन विधेयक फिर्ता लिएर अध्यादेश जारी गरिएको हो। …

स्वास्थ्यतर्फका ३ अध्यादेश निष्क्रिय हुँदा खोप खरिदमा अड्चन

केपी शर्मा ओली सरकारले ल्याएका स्वास्थ्यका तीन वटा महत्वपूर्ण अध्यादेश निष्क्रिय भएका छन् । संसद्बाट समयमै अध्यादेश पारित हुन नसक्दा कोभिड – १९ सङ्कट व्यवस्थापन अध्यादेश, औषधि तेस्रो संशोधन अध्यादेश र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो) संशोधन अध्यादेश निष्क्रिय भएका हुन् । कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि आपत्कालीन समयमा सहजरुपमा खोप आपूर्तिका लागि ऐन संशोधन गरेर ल्याएका अध्यादेश निष्क्रिय हुँदा खोप आयात र खरिद तथा कोभिड व्यवस्थापनका लाग

ओलीले ल्याएको अध्यादेश, देउवा सरकारद्वारा सदनमा पेश

काठमाडौं। सरकारले विभिन्न अध्यायदेश प्रतिनिधिसभामा पेश गरेको छ। सोमबार सुरु भएको पुनर्स्थापित प्रतिनिधिसभामा अध्यादेश पेश गरेको हो। बजेटका साथै सपथ सम्वन्धि अध्यादेश, रेव वे अध्ययादेश, औषधि तेस्रो संशोधन अध्यादेश, कोभिड–१९ को संकट व्यवस्थापन अध्यादेश र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि पहिलो संशोधन लगाएतका अध्यादेश सदनमा पेश भएको हो। प्रतिनिधिसभाको पहिलो बैठकमा विभिन्न १६ वटा अध्यादेश पेश भएको हो।

राष्ट्रपतिबाट अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी छन् ।राष्ट्रपति भण्डारीले उक्त अध्यादेश संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा जारी गरेकी हुन् ।अध्यादेशमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि आक्रमण गर्नेलाई कडा कारवाहीको व्यवस्था गरिएको छ ।