काठमाडौं : पशुपति विकास कोष परिसरको क्षेत्रमा क्रिश्चियन धर्मावलम्बीहरूले शव गाड्ने र पक्की चिहान बनाउन थालेपछि सनातन धर्म महासंघले आइतबार एक विज्ञप्ति जारी आपत्ति जनायो।क्रिश्चियन समुदायले गैरकानुनी, आपराधिक, अवाञ्छित एवं हिन्दु समुदायविरुद्ध आक्रमण गरिरहेको महासंघले जनाएको छ। २०६८ जेठ १ गते सर्वोच्च अदालतको आदेशपछि त्यस क्षेत्रमा इसाई धर्मावलम्बीको शव गाड्न निषेध गरिएको थियो।विज्ञप्तिमा उल्लेख गरिएको छ, 'आजपर्यन्त त्यहाँ इसाई धर्मावलम्बीहरूबाट लाश गाड्ने काम रोकिएको छैन। चैत २६ ग