नदीजन्य पदार्थको ठेक्का बापतको राजस्व रकम हिनामिनामा जीतपुर सिमरा उपमहानगरपालिका जनप्रतिनिधिलाई छुट दिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रशासकीय प्रमुखसहित २ वटा ठेक्का कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले आज शुक्रबार उपमहानगरका तत्कालीन प्रशासकीय प्रमुख शिवराज सेढाई विरुद्ध २ करोड २० लाख रुपैयाँ राजस्व रकम चुहावट गरेको आरोपमा विशेष अदालतमा मुद्दा दर्ता गरेको विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । जीतपुर सिमरा उपमहानगरले दुधौरा, बालगंगा र पसाहा खोलामा नदीजन्य