काठमाडौं, ६ असार । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको जेठ २ गते स्थगित भएको साधारण सभा आज हुँदैछ । सभा बाराको सिमरास्थित होटल इच्छामा हुने कम्पनीले जनाएको छ । कम्पनीको आज बस्ने सभाले चुक्तापुँजीको ८ प्रतिशतले हुन आउने ८ करोड २१ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश वितरणको प्रस्ताव गर्ने भएको छ […]