धनगढी : दार्चुलाका ३३ वर्षीय जयसिंह धामी। जो अहिले बेपत्ता छन्। शुक्रबार धामी दार्चुलाको मालघाट पुगे। उनी त्यहाँ नपुग्दै मालघाटमा यात्रुको लाइन नै लागिसकेको थियो।घरबाट दार्चुलाको जिल्ला सदरमुकाम जान हिँडेका थिए धामी। स्थानीयसँगै गएका अरु सबै फर्किए। तर फर्किएन् उनी। सदरमुकाम पुगेर बस चढ्ने र काठमाडौं हुँदै विदेश जाने यात्रा थियो उनको। दुर्भाग्य, राजधानी पुर्याउने बस समात्न आफ्नै जिल्ला सदरमुकाम पुग्न पनि उनलाई महाकाली पारि भारतीय बाटो हिँड्नुपर्ने थियो। अवस्था, नहिँडी नह