धनगढी : कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलन नदिन स्थानीय प्रशासनले कैलालीमा होलीका बेला भीडभाड गर्न नदिने भएको छ।प्रशासनले जिल्लाभर भेला हुन, जात्रा, पर्व, भीडभाड गर्न, महोत्सव, जुलुस, मेला आयोजना गर्न रोक लगाउने निर्णय गरेको हो। आदेश अवज्ञा गरे कारबाही हुने कैलाली प्रशासनले जनाएको छ।भीडभाड गरी होली मनाउँदा जोखिम बढ्नसक्ने भएकाले रोक लगाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए। कोरोना भाइरसको प्रकोप छिमेकी मुलुक भारतमा थप क्रियाशील भई सङ्क्रमितको दर बढ्दै गए