भीडभाड बढ्यो बढेन व्यापार

दाङ– नेपालीहरूको महान पर्व दसै भित्रिसकेको छ । दसैं भित्रिएसँगै बजारमा चहलपहल बढेको छ । ठूलाठूला व्यापारिक मलदेखि सडक पेटीमा सामान किनबेच गर्नेको भीडभाड बढेको छ । दाङका मुख्य बजार तुलसीपुर, घोराही, लमही, नारायणपुर, बिजौरी, हापुरेका बजारमा अहिले भीडभाड बढेको हो । विशेषगरी कपडा, शृंगार पसल र खाद्यान्न पसलमा दैनिक भीड लाग्ने गरेको छ । […]