काठमाडौं : चेपाङ समुदाय बुधबार छोनाम अर्थात् न्वाँगी पर्व मनाउँदैछ। चेपाङहरूले नयाँ अन्न खाने दिनलाई छोनाम भन्छन्।नचढाई र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने मान्यताका कारण यो दिन घैया धानको चामल, पिँडालु, निबुवा लगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ । यो पर्वमा भोज खाने र रातभर नाचगान गरेर रमाइलो गर्ने चलन छ। पर्वको अवसरमा बागमती प्रदेश सरकारले आज तीन जिल्लामा सार्वजनिक विदा दिएको छ। चितवन, मकवानपुर र धादिङ जिल्लाभर सार्वजानिक विदा दिइएको हो ।चेपाङ