चितवन - चितवनकाे ग्रामीण क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई दशैँ कसरी मनाउने भन्ने चिन्ताले सताएको छ । कतिपयले ऋण काढेर दशैँ मनाउने तयारी गरेका छन् । यो समुदायका प्रायजसाेको आफ्नो उब्जनीले छ महिनालाई पनि पुग्दैन । गिठ्ठा, भ्याकुरलगायतका कन्दमूल खाएर जीविकोपार्जन गर्न कतिपय बाध्य छन् ।
इच्छाकामना गाउँपालिका–२ का चेपाङ अगुवा पदमबहादुर चेपाङले आफ्नो समुदायमा ९० प्रतिशतले ऋण सापटीमा चाडपर्व मनाउने गरेको बताउनुभयो । अरुको देखासिकीले चाडपर्व भड्किलो बन्दै गएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, '...