गोरखा : गत फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको एकीकरण ३ जेठ २०७५ अघिको अवस्थामा पुर्याएपछि त्यसको प्रत्यक्ष प्रभाव गण्डकी प्रदेश सरकारमा पनि परेको छ।
गण्डकी प्रदेशमा एमाले–माओवादीले संयुक्त सरकार बनाइसकेपछि मात्रै पार्टी एकीकरण भएको थियो। माओवादीबाट हरिबहादुर चुमान कानुनमन्त्री र लेखबहादुर थापामगर कृषि मन्त्री भएका थिए।
तर, माओवादी पार्टीका यी दुवैले मन्त्रीले बुधबार सामूहिक राजीनामा दिएका छन्। माओवादीका दुुई मन्त्रीले एकैसाथ राजीनामा दिएपछि अहिले देशभर गण्डकी प्रदेश सरक...