खोटाङ – खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
सुनकोसी किनारमा बालुवा लिन जाँदै गरेको ना ६ छ १९१० नम्बरको ट्याक्टर लैकुखोला नजिक दुर्घटना हुँदा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका रोशन राउतको ज्यान गएको वडासदस्य खेमराज कार्कीले जानकारी दिनुभयो । वडा कार्यालय धितुङको निर्माणाधीन भवनका लागि बालुवा लिन जाने क्रममा ट्याक्टर दुर्घटना भएको र चालक राउतको ज्यान गएको कार्कीले बताउनुभयो ।