२०७२ सालको भूकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त धरहरा स्तम्भको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण कार्य सम्पन्न भएसँगै यही बैशाख ११ गते धरहराको उद्घाटन गरिँदैछ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा स्तम्भको मुख्य निर्माणकार्य सम्पन्न भएपछि बैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट धरहराको उद्घाटन गर्ने कार्यक्रम तय गरिसकेको छ ।त्यसैले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिको रुपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले धरहरा स्तम्भको अवलोकन गरेका छन