२५ कात्तिक, काठमाडौं । उद्घाटनपछि धरहरा पुनर्निर्माणको काम लगभग ठप्पप्रायः छ । २०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न नहुँदै धरहराको उदघाटन गरेका थिए । त्यसपछि सरकारले खासै चासो नदिएपछि पुनर्निर्माणको गति सुस्ताएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार धरहराको काम (भौतिकतर्फ) अझै करिब ४३ प्रतिशत बाँकी छ । उद्घाटनका बेलासम्म […]