खासगरी इटालीमा त एकअर्कालाई चुम्बन गर्ने नै बढी चलन छ। यस्तो अवस्थामा पश्चिमा मुलुकमा कोरोना आतंक अलि बढी नै छ। त्यति मात्र होइन, प्रेमका मामिलामा बढी नै खुकुलो सोच राख्ने फ्रान्स र विशेषगरी पेरिसका प्रेमी–प्रेमिकाहरु डेटिङमा जाने कि नजाने दोधारमा छन्।