नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को आठौँ वार्षिक साधारणसभाले चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको छ। असोज २३ गते शुक्रबार सम्पन्न सभाले प्रस्तुत सबै प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको बैंकले जनाएको छ। काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एन्ड ब्याङ्क्वेटमा सञ्चालक समिति अध्यक्ष महेशप्रसाद दहालको अध्यक्षतामा सभा सम्पन्न भएको हो। अध्यक्ष दहालले समीक्षा अवधिका उपलब्धि, चालु […]
हिमालयन बुलियन कम्पनी लिमिटेडले ग्राहकलाई चरणबद्ध भुक्तानीमार्फत भौतिक चाँदी खरिद गर्न मिल्ने ‘एचबीसी एप’ सार्वजनिक गर्ने भएको छ। अक्टोबर १२ का लागि जारी विज्ञप्तिअनुसार ग्राहकले आफूलाई सहज हुने रकम र समयमा भुक्तानी गर्दै चाँदीका सिक्का तथा बार खरिद गर्न सक्नेछन्। कम्पनीका अनुसार सम्पूर्ण रकम भुक्तानी भएपछि चाँदी ग्राहकको पूर्ण स्वामित्वमा आउनेछ। भुक्तानी पूरा नहुँदासम्म छनोट […]
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाली संगीतलाई प्रतिस्पर्धी सिर्जनात्मक उद्योगका रूपमा विकास गर्न कलाकारको बौद्धिक सम्पत्ति संरक्षण, डिजिटल रोयल्टीमा पारदर्शिता र उचित पारिश्रमिक सुनिश्चित गर्नुपर्ने बताएका छन्। राष्ट्रिय संगीतकर्मी संघले आइतबार आयोजना गरेको दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रममा उनले नयाँ पुस्ताका कलाकारलाई व्यावसायिक करियर निर्माणको अवसर उपलब्ध गराउनुपर्ने बताए। […]
काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना, ल्यापटप र नगद गरी ८४ लाख ७६ हजार ७०० बराबरको धनमाल चोरी गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चोरी गर्ने तथा चोरी गरिएका सुनका गरगहना खरिदबिक्री गर्ने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई काठमाडौंका विभिन्न […]
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको वराहक्षेत्र नगरपालिका–७ घर भई हाल काठमाडौंको कपन बस्दै आएका ३६ वर्षीय निशाल दाहाल र सिन्धुलीको दुधौली नगरपालिका–१ घर भई कपनमै बस्ने ४४ वर्षीय ध्रुवप्रसाद घिमिरे छन् । गत असोज २२ गते बिहान […]
पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि कँडेललाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत काठमाडौं लगिएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट काठमाडौंको बीएन्डबी अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा उनीसहित १५ जना घाइते भएका थिए । चार विद्यार्थीसहित पाँचजनाको निधन भएको थियो । ज्यान गुमाएका ममता तिवारी, सुभेच्छा तिवारी र असिम […]