विश्वभर फैलिरहेको कोरोना भाइरस(कोभिड–१९)को प्रतिकार्यका लागि नेपालका तीन तहका सरकार आ–आफ्नो ठाउँबाट लागिरहेका छन् । भौगोलिक हिसाबले सबैभन्दा ठूलो र कोरोना भाइरसको उत्पति भएको चीनसँग नाका जोडिएको कर्णाली प्रदेश पनि प्रतिकार्यका लागि आफ्नो तयारी गरिरहेको छ । रोजगारीका लागि ठूलो संख्यामा भारत जाने र चीनसँगसमेत नाका जोडिएको कारण कर्णाली प्रदेश अन्यभन्दा जोखिमा रहेको आंकलन चलिरहँदा भौगोलिक विकटता र यातायात असुविधाका कारण कोरोनाविरुद्धको प्रतिकार्यका लागि उत्तिकै चुनौती बनेको छ । यस्तै विगतलाई हेर्दा कर्णालीका विभिन्न जिल्लामा यो समयमा झाडापखाला, मौसमी रुघाखोकी लगायतका रोगले महामारीको रूप लिने गरेको पाइन्छ ।