प्रचण्ड र देउवाका कारण गठबन्धन टुट्योः एकीकृत समाजवादी

नेकपा एकीकृत समाजवादीले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन टुट्नुका मुख्य साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रहेको निष्कर्ष निकालेको छ । शनिवार पार्टी कार्यालयमा बसिरहेको स्थायी कमिटी बैठकमा गठबन्धन टुट्नुको कारणबारे छलफल भएको छ । एकीकृत समाजवादीका प्रवक्ता समेत रहेका नेता जगन्नाथ खतिवडाले सभापति देउवा र प्रचण्डका कारण गठबन्धन टुटेको बताए ।

सम्बन्धित सामग्री

एकीकृत समाजवादी प्रचण्ड सरकारमा जाने

२३ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ । नेकपा एमाले-माओवादी केन्द्रसहितको गठबन्धन सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्न बुधबार बसेको सचिवालय बैठकले सरकारमा जाने निर्णय गरेको हो । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाललाई जिम्मा दिएको छ […]

प्रचण्ड सरकारलाई विश्वासको मत दिनुपर्छः एकीकृत समाजवादी नेता

काठमाडौं, १९ पुस । नेकपा (एकीकृत समाजवादी) का नेता सोमप्रसाद पाण्डेले वर्तमान सरकारलाई विश्वासको मत दिनुपर्ने औंल्याएका छन् । ‘हामी सरकारमा जाने वा नजाने, विश्वासको मत दिने वा नदिने छलफलमै छौं । हामी जनताको चाहना र विकसित परिस्थिति हेरेर टुंगोमा पुग्छौं । तर व्यक्तिगत रुपमा म अहिलेको सरकारलाई समर्थन गर्नुपर्छ र विश्वासको मत दिनुपर्छ भन्ने […]

एकीकृत समाजवादी प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने

काठमाडौं, १८ पुष । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुन नसकिने बताएका छन् । सोमबार पार्टी पोलिटब्यूरो बैठकमा उनले अहिलेको सरकार सहभागी हुन नसकिने र राष्ट्र र जनताको हितलाई केन्द्रविन्दुमा राखेर पार्टी अघि बढ्ने बताएका हुन् । वर्तमान राजनीतिक परिस्थितिमा आफूहरुले ठीक गरेको दावी गर्दै […]

एकीकृत समाजवादी सत्तागठबन्धनमा सामेल हुँदैन : माधव नेपाल

काठमाडौं– एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी प्रचण्ड नेतृत्वको सरकारमा सामेल नहुने स्पष्ट पारेका छन् । सोमबारदेखि सुरु भएको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले वर्तमान सत्तारुढ गठबन्धनमा एकीकृत समाजवादी सामेल नहुने बताएका हुन्।  बैठकमा उनले आफ्नो पार्टीले वर्तमान राजनीतिक परिस्थितिमा ठिक गरिरहेको उल्लेख गर्दै कसैसामु लत्रने पक्षमा नरहेको दाबी गरे । ‘देशको राजनीतिक आफ्नै जटिलता […]

माओवादी, एकीकृत समाजवादी र जसपाबीच एकीकरणको पहल

काठमाडौं । माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालबीच एकीकरणका लागि पहल सुरु भएको छ । वाम एकताअन्तर्गत पहिलो चरणमा यी तीन दलबीच एकीकरण हुने त्यसपछि अन्य दलहरुको बीचमा एकीकरणका लागि पहल गर्ने

अलमलमा एकीकृत समाजवादी !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसहितको गठबन्धन बनाएर प्रधानमन्त्री भएपछि राजनीतिक वृत्तमा अब एकीकृत समाजवादी के गर्छ भन्ने बहस सुरु भएको छ ।  तत्कालीन नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि प्रतिगमन भएको भन्दै सडक तथा सदनमा प्रचण्डसँगै देखापर्ने गरेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको अबको यात्रा के हुने भन्ने चासो छ ।  तत्कालीन सत्ता गठबन्धनबाट २० सिट प्राप्त गरी प्रतिनिधि सभाको प्रत्यक्षमा १० सिट जितेको एकीकृत समाजवादी थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय पार्...

नेकपा (एकीकृत समाजवादी) का नेता पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड अस्पतालमा

काठमाडौं, २७ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकीकृत समाजवादीका नेता विजय पौडेलको स्वास्थ्य अवस्था बुझ्नको लागि अस्पताल पुगेका छन् । पौडेल अस्वस्थ छन् ।

‘एमसिसीविरुद्ध एकीकृत समाजवादी सडकमा गएको छैन’

अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)लाई लिएर राजनीतिक दलहरूले आ-आफ्नो तर्फ गरिरहेका छन्। यही बीचमा सरकारले एमसिसी संसदमा टेबल गरेको छ। एमसिसी जस्ताको तस्तै संसदबाट पास गर्न हतारो गरिरहेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, मौन बसेका एमाले अध्यक्ष केपी ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पनि एमसिसीमाथि आफ्नै अडान राखिरहेका छन्। पाँच दलीय सत्ता गठबन्धनमै एमसिसीको मतभेद

प्रचण्ड र नेपालबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।