काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले मधेशमा गठबन्धन नफापेको बताएका छन्। गठबन्धनकै कारण मधेशमा माओवादी कमजोर भए पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए देशको कल्याण हुने दाबी गरेका छन्। शनिबार पार्टी कार्यालयमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता यादवले प्रचण्ड प्रधानमन्त्री बने देशको कल्याण हुने बताउँदै सत्ता गठबन्धनबाट हुने भएकाले अरू कसैको काँधमा चढ्नु नपर्ने बताएका हुन्। ‘अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्नुभयो भने देशको कल्याण हुन्छ,उहाँसँग त्यो