नेकपा माओवादी केन्द्रका नेता मातृका यादव झ्वाँकी स्वाभावका मानिन्छन् । आफूलाई चित्त नबुझेको कुरा प्रचण्डलाईसमेत खुल्ला रुपमा राख्न सक्ने उनी एकताका माओवादी पार्टीबाट विद्रोह गरेर बाहिरिएका थिए । अहिले पार्टीभित्र उनले नारायणकाजी श्रेष्ठ र गिरिराजमणि पोखरेललसँग खुल्लारुपमै अन्तरसंघर्ष गरिरहेका छन् । खासगरी मधेसमा चर्को अन्तरविरोधमा मातृकाले एउटा खेमाको नेतृत्व गरिरहेका छन् ।माओवादी नेता यादव भर्खरै मधेसका जिल्लाहरुको भ्रमण सकेर काठमाडौँ फर्केका छन् । तर, यसअघि मधेसमा प्रचण्डको आतिथ्यमा आयोजित प्र