‘गर्व से कहु मधेसी छी, विदेशी भगौडा नै धरती पुत्र छी’ माओवादी शान्ति प्रक्रियामा आएपछि मातृका यादवले काठमाडौँको भित्ता भित्तामा लेख्न लगाएको नारा हो यो । त्यति मात्र होइन, उनले संयुक्त राष्ट्र संघसम्म मधेसलाई औपचारिक रुपमा पुर्याउने काम गरे । त्यही मातृका यादव धनुषा–१ बाट मंसिर ४ मा हुन गैरहको प्रतिनिधिसभा सदस्यका लागि पाँचदलीय सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका छन् । नागरिकताको समस्या, संविधान संशोधनलगायत शिक्षा, स्वास्थ्य र रोजगारको व्यवस्था गर्ने लगायत एजेण्डा लिएर मत