काठमाडौँ : ललितपुरको बालकुमारीमा आज भएको प्रदर्शन र झडपमा मृत्यु भएकामध्ये एकजनामाथि गोली लागेको पुष्टी भएको छ। अर्का एकजनाको मृत्युको कारण खुलेको छैन।'एक मृतकको नाइटोमुनि गोली लागेको छ, अर्का मृतकको छातीमा दाग देखिएको छ, पोष्टमार्टमपछि मात्रै यकिन पुष्टी हुन्छ', ललितपुरका प्रजिअ रुद्रप्रसाद पण्डितले भने।मृत्यु हुनेमा डोटीका वीरेन्द्र साह र दैलेखका सुजन रावत रहेका छन्। उनले सुजन राउतको छातीमा दाग रहेको र साहको भने नाइटोमुनि गोली लागेको पाइएको पनि बताए। सो क्रममा प्रहरीसहित ७ जन