काठमाडौं : एमालेका सांसदद्वय सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्न पाउने भएका छन्। सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले दुई सांसदले दल रोज्न पाउनेगरी अन्तरिम आदेश दिएको हो। निर्वाचन आयोगले नेकपा एकीकृत सनाखत गर्न नदिएको भन्दै २३ भदौमा एमाले सांसदद्वय पाण्डे र भट्ट सर्वोच्च पुगेका थिए। रिटमा निर्धारित समयमा एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरिदिएको जिकिर गर्दै