आर्मीलाई स्तब्ध पार्दै एपिएफले जित्यो भलिबलको स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलको स्वर्ण पदक एपिएफले जितेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा त्रिभुवन आर्मी क्लबलाई स्तब्ध पार्दै एपिएफ च्याम्पियन बनेको हो । एपिएफले पहिलो सेट २५-२१ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा एपिएफ २७-२५ ले विजयी भयो । तेस्रो सेटमा २६-२४ को रोमान्चक जित निकाल्दै […]

सम्बन्धित सामग्री

नेपाललाई दुई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले तेश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा २ स्वर्ण पदक जितेको छ । स्वर्णका अलावा नेपालले थप २ रजत पदक पनि जित्यो । श्रीलंकाको रतनापुरा ईन्डोर स्टेडियममा भएको प्रतियोगितामा नेपालका ५ खेलाडी सहभागी थिए । नेपालका लागि ९ वर्ष उमेरसमूहमा सन्यम कँडेल तथा ७५ केजीमा कमरुद्दिन अलिले स्वर्ण पदक जिते । पुरुषोत्तम पोखरेल […]

टोकियो ओलम्पिकः अमेरिकी महिला टिमले जित्यो लगातार सातौं स्वर्ण

एजेन्सी। ब्रिट्नी ग्रिनरको ३० अंकप्रेरित अमेरिकाले आज महिला बास्केटबलमा जापानलाई ९०–७५ ले हराउँदै स्वर्ण पदक जितेको छ। अमेरिकाले ओलम्पिकको महिला बास्केटलबमा स्वर्ण पदक जितेको यो लगातार सातौं पटक हो। अमेरिकाकी ३६ वर्षिया सुए बर्ड र ३८ वर्षिया डाएना टाउरासीले पाँच स्वर्ण पदक जित्न सफल भए। जापानले पहिलोपटक रजत जित्यो। सर्वियालाई ९१–७६ ले हराउँदै फ्रान्सले काश्य पदक जित्यो।

टोकियो ओलम्पिकः भारतले जित्यो स्वर्ण पदक

एजेन्सी। भारतका नीरज चोपराले ओलम्पिकमा एथलेटिक्सको ज्याबलिन थ्रोमा स्वर्ण पदक जितका छन्। भारतले ओलम्पिकको ट्र्याक एण्ड फिल्डमा स्वर्ण पदक जितेको यो पहिलो पटक हो। यसअघि भारतले १९०० पेरिस ओलम्पिकमा ट्र्याक एण्ड फिल्डको २०० मिटर दौड र २०० मिटर हर्डल्समा रजत पदक जितेको थियो। चोपराले एसियन र कमनवेल्थ गेम्समा पनि स्वर्ण पदक जितेका थिए। रजत र कास्य चेक गणतन्त्रले जित्यो।

टोकियो ओलम्पिकः बिच भलिबलमा अमेरिकाले जित्यो स्वर्ण

एजेन्सी। अमेरिकाका अप्रिल रोस र एलिक्स क्लिनेमनले महिला बिच भलिबलमा स्वर्ण पदक जितेका छन्। उनीहरुले अष्ट्रेलियाका आर्टाचो डेल सोलार र टालिकुए क्लान्सीको जोडीलाई २१–१५, २१–१६ ले हराएको हो। क्लिनेमनले लन्डनमा रजत र ब्राजिलमा काश्य पदक जितेकी थिइन्। सिड्नी ओलम्पिकपछि अष्ट्रेलियाले पहिलो पटक बिच भलिबलमा पदक जितेको हो। स्विट्जरल्यान्डले लात्भियालाई २१–१९, २१–१५ ले हराउँदै काश्य पदक जित्यो।

टोकियो ओलम्पिकः हक्कीमा बेल्जियमले जित्यो स्वर्ण

एजेन्सी। बेल्जियमले अस्ट्रेलियालाई पेनाल्टी सुट आउटमा ३–२ ले हराउँदै पुरुष हक्कीमा स्वर्ण पदक जितेको छ। निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछि खेल सुट आउटमा गएको हो। बेल्जियमले २०१६ को रियो ओलम्पिकमा रजत पदक जितेको थियो। पुरुष हक्कीमा भारतले कास्य पदक जित्यो। १९८० मा स्वर्ण पदक जितेको भारतले जर्मनीलाई ५–४ ले हराएको हो।

टोकियो ओलम्पिकः रग्बी सेभेनमा महिलातर्फ न्युजिल्यान्डलाई स्वर्ण

एजेन्सी। न्युजिल्यान्ड महिला टिमले रग्बी सेभेनमा फ्रान्सलाई २६–१२ ले हराउँदै स्वर्ण जितेको हो। पाँच वर्षअघि रियो ओलम्पिकमा न्युजिल्यान्ड अस्ट्रेलियासँग फाइनलमा हारेको थियो। रियोबाटै रग्बी सेभेनले ओलम्पिकमा प्रवेश पाएको हो। फीजीले बेलायतलाई २१–१२ को स्कोरमा हराउँदै काश्य पदक जित्यो। पुरुषतर्फ फीजीले न्युजिल्यान्डलाई २७–१२ ले हराउँदै स्वर्ण पदक जित्यो। अर्जेन्टिनाले बेलायतलाई १७–१२ ले हराउँदै काश्य पदक जित्यो।

टोकियो ओलम्पिकः ट्रायथलनको मिक्स रिलेमा बेलायतले जित्यो स्वर्ण

एजेन्सी। बेलायतले ट्रायथलनको मिक्स रिलेमा निर्धारित दुरी १ घण्टा २३.४१ मिनेमा पार गर्दै स्वर्ण पदक जितेको हो। ओलम्पिक ट्रायथलनमा बेलायतको यो तेस्रो स्वर्ण पदक हो। बेलयातले टोकियो पनि पुरुष र महिला एकलमा रजत पदक जितेको थियो। अमेरिकाले १ घण्टा २३.५५ मिनेटमा दुरी पार गर्दै रजत पदक जित्यो। फ्रान्सले १ घण्टा २४.०४ मिनेटमा दुरी पार गर्दै काश्य पदक जित्यो।

टोकियो ओलम्पिकः थ्री–अन–थ्री बास्केटबमा अमेरिकाले जित्यो स्वर्ण

एजेन्सी। स्टेफेनी डोल्सन, एलिशा ग्रे र केलेसी प्लम सम्मिलित अमेरिकी महिला बास्केटबल टिमले महिला थ्री–नट–थ्री बास्केटबलमा स्वर्ण पदक जितेको छ। अमेरिकाले रुसलाई १८–१५ ले हराउँदै स्वर्ण पदक जितेको हो। थ्री–नट–थ्री बास्केटबल यही संस्करणबाट ओलम्पिकमा समावेश गरिएको हो। चीनले काश्य पदक जित्यो। चीनले फ्रान्सलाई १६–१४ को स्कोरमा पराजित गरेको हो।

दक्षिण कोरिया महिला टिमले आर्चरीमा जित्यो लगातार नवौं पटक स्वर्ण

एजेन्सी। दक्षिण कोरिया महिला टिमले लगातार नवौं पटक ओलम्पिकमा स्वर्ण पदक जितेको छ। आन सान नेतृत्वको टिमले रुसलाई ६–० को स्कोरमा हराउँदै स्वर्ण पदक जितेको हो। दक्षिण कोरियाले १९८८ को सियोल ओलम्पिकदेखि लगातार स्वर्ण पदक जित्दै आएको छ। सियोल ओलम्पिकबाटै आर्चरीले ओलम्पिकमा प्रवेश पाएको हो। जर्मनीले बेलारूसलाई ५–१ को स्कोरमा हराउँदै काश्य पदक जित्यो।

टोकियो ओलम्पिकः पहिलो दिन चीनलाई तीन स्वर्ण

एजेन्सी। टोकियो ओलम्पिकमा पहिलो ११ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो। त्यसमा चीनले तीन स्वर्ण पदक जित्यो। इटाली, जापान, दक्षिण कोरिया, इक्वेडर, हंगेरी, इरान, कोसोभो र थाइल्यान्डले एक÷एक स्वर्ण पदक जिते। दोस्रो दिन आइतबार १८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। चीनकी याङ क्विन टोकियो ओलम्पिकमा स्वर्ण जित्ने पहिलो खेलाडी बनिन्। उनले महिला १० मिटर इयर राइफलमा स्वर्ण पदक जितेकी थिइन्।