विन्टर ओलम्पिकः कुन देशले कति स्वर्ण जिते ?

काठमाडौं, १ फागुन । बेइजिङ विन्टर ओलम्पिकमा १४ पदक जितेको जर्मनी पदक तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ । जर्मनीले ८ स्वर्ण, ५ रजत र १ कास्य सहित पदक तालिकाको शीर्ष स्थानमा रहन सफल भएको हो । दोस्रो स्थानमा रहेको नर्वेले १७ पदक जित्दा ८ स्वर्ण, ३ रजत र ६ कास्य पदक जितेको छ । […]

सम्बन्धित सामग्री

टोकियो ओलम्पिकः विश्व कीर्तिमानधारी किपचोगेले जिते म्याराथनमा स्वर्ण

एजेन्सी। म्याराथनमा विश्व कीर्तिमानधारी केन्याका इलिउड किपचोगेले ओलम्पिकमा लगातार दोस्रो पटक स्वर्ण पदक जितेका छन्। उनले निर्धारित दुरी २ घण्टा ०८.३८ मिनेटमा पार गरे। किपचोगेको नाममा २ घण्टा ०१.३९ मिनेटको विश्व कीर्तिमान छ। नेदरल्यान्डका नागेई अबडीले २ घण्टा ०९.५८ मिनेटमा दुरी पार गर्दै रजत पदक जिते। बेल्जियमका बाशिर अबडीले २ घण्टा १०.०० मिनेटमा दुरी पार गर्दै काश्य पदक जिते।

टोकियो ओलम्पिकः युफाईले जिते बेलायतका लागि बक्सिङमा पहिलो स्वर्ण

एजेन्सी। गलाल युफाईले फिलिपिन्सका कार्लो पालमलाई हराउँदै टोकियो ओलम्पिकमा बेलायतका लागि बक्सिङमा पहिलो स्वर्ण पदक जितेका छन्। २८ वर्षे युफाईले फ्लाईवेटमा पालमलाई ४–१ ले हराएका हुन्। युफाईले पहिलो, तेस्रो, चौथो र पाँचौँ राउन्ड २९–२८ अंकले जितेका थिए। दोस्रो राउन्ड भने पालमले २९–२८ ले जितेका थिए। जापानका रोमेई तानाका र काजकिस्तानका साकेन बिबोसिनोभले कास्य पदक जिते।

टोकियो ओलम्पिकः चेप्तेगीले जिते ५ हजार मिटर दौडमा स्वर्ण

एजेन्सी। युगान्डाका जोसुआ चेप्तेगीले एथलेटिक्स पुरुष ५ हजार मिटर दौड १२ मिनेट ५८.१५ सेकेन्डमा दुरी पार स्वर्ण पदक जिते। उनले १० हजार मिटरमा रजत पदक जितेका थिए। उनको नाममा १२ मिनेट ३५.३६ सेकेन्डको विश्व कीर्तिमान छ। क्यानडाका मोहम्मद अहमदले १२ मिनेट ५८.६१ सेकेन्ड र अमेरिकाका पाउल चेलिमोले १२ मिनेट ५९.०५ सेकेन्डमा दुरी पार गर्दै क्रमशः रजत र कास्य पदक जिते।

टोकियो ओलम्पिकः ग्रिसका टेन्टोग्लुसले जिते एथलेटिक्स लङजम्पमा स्वर्ण

एजेन्सी। ग्रिसका मिल्टियाडिस टेन्टोग्लुसले एथलेटिक्सको पुरुष लङ जम्पमा स्वर्ण पदक जितेका छन्। उनले अन्तिम चरणमा ८.४१ मिटर जम्प गरेका थिए। जुन क्युवाका जुवान मिगुएल इचेभारासँग बराबर हो। तर अर्को जम्पमा उनले इचेभारालाई पछि पारेका थिए। ग्रिसकै मेकेल मासोले काश्य पदक जिते। मासोले ८.२१ मिटर जम्प गरेका थिए।

टोकियो ओलम्पिकः इटालीका धावक ज्याकोब्सले जिते १०० मिटर दौडमा स्वर्ण

एजेन्सी। इटालीका लेमोन्ट मार्सेल ज्याकोब्सले एथलेटिक्सको पुरुष १०० मिटर दौडमा स्वर्ण पदक जितेका छन्। उनले निर्धारित दुरी ९.८० सेकेन्डमा पार गर्दै स्वर्ण पदक जितेका हुन्। यस स्पर्धामा जमैकाका उसेन बोल्टको नाममा ओलम्पिक र विश्व कीर्तिमान छ। अमेरिकाका फ्रेड कार्लेले ९.८४ सेकेन्डमा दुरी पार गर्दै रजत पदक जिते। क्यानडाका आन्द्रे डी ग्रेसीले ९.८९ सेकेन्डमा दुरी पार गर्दै कास्य पदक जिते।

टोकियो ओलम्पिकः जर्मनीका जेरेभले जिते टेनिसमा स्वर्ण

एजेन्सी। पाँचौँ वरीयताप्राप्त जर्मनीका एलेक्जेन्डर जेरेभले पुरुष टेनिसको एकल स्पर्धामा स्वर्ण पदक जितेका छन्। उनले रुसका करेन खाचनोभलाई ६–३, ६–१ को सोझो सेटमा हराउँदै स्वर्ण पदक जितेका हुन्। जेरेभले सेमिफाइनलमा शीर्ष वरीयताका नोभाक जोकोभिचलाई हराएका थिए। जोकोभिचलाई २–१ ले हराउँदै स्पेनका पाब्लो कारेनो बुष्टाले कास्य पदक जिते।

टोकियो ओलम्पिकः अमेरिकाका रोबर्टले जिते दोस्रो स्वर्ण

एजेन्सी। अमेरिकाका पौडी खेलाडी फिन्क रोबर्टले पौडीको पुरुष १५ सय मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेका छन्। उनले निर्धारित दुरी १४ मिनेट ३९.६५ सेकेण्डमा पार गरे। युक्रेनका मिखाइलो रोमानचुकले १४ मिनेट ४०.६६ सेकेण्डमा दुरी पार गर्दै रजत पदक जिते। जर्मनीका फ्लोरिन वेलब्रोकले १४ मिनेट ४०.९१ सेकेण्डमा दुरी पार गर्दै काश्य पदक जिते। अमेरिकाका रोबर्टले ८०० मिटर फ्रिस्टाइलमा पनि स्वर्णपदक जितेका थिए।

टोकियो ओलम्पिकः इथियोपियाका बरेगाले जिते १० हजार मिटर दौडमा स्वर्ण

एजेन्सी। इथियोपियाका सेलेमन बरेगाले एथलेटिक्सको पुरुष १० हजार मिटर दौडमा स्वर्ण पदक जितेका छन्। बरेगाले २७ मिनेट ४३.२२ सेकेन्डमा दुरी पार गर्दै स्वर्ण जितेका हुन्। विश्व कीर्तिमान धारी च्याम्पियन युगान्डाका जोशुवा चेप्तेगीले रजत पदक जिते। चेप्तेगीले २७ मिनेट ४३.६३ सेकेन्डमा दुरी पार गरे। यस स्पर्धामा चेप्तेगीको नाममा २६ मिनेट ११ सेकेन्डको विश्व कीर्तिमान छ। युगान्डाकै ज्याकोब किपलिमोले कास्य पदक जिते।

टोकियो ओलम्पिकः पौडीका पिटीले जिते बेलायतको पहिलो स्वर्ण

एजेन्सी। पौडीका एडम पिटी बेलयातबाट टोकियो ओलम्पिकमा पहिलो स्वर्ण पदक जित्ने खेलाडी बनेका छन्। उनले पुरुष १०० मिटर ब्रेष्टस्ट्रोकमा ५७.३७ सकेण्डमा दुरी पार गरेका हुन्। बेलायतले अहिलेसम्म एक स्वर्ण, दुई रजत र एक काश्य पदक जितेको छ। ५८ सेकेण्डमा दुरी पार गर्ने नेदरल्यान्ड्सका एर्नो कामिङगाले रजत पदक जिते। इटालीका निकोलो मार्टिनेन्घीले ५८.३३ सेकेण्डमा दुरी पार गर्दै काश्य पदक जिते।

टोकियो ओलम्पिकः ट्रायथलनमा नर्वेका ब्लुमेन्फेल्टले जिते स्वर्ण

एजेन्सी। नर्वेका क्रिष्टियन ब्लुमेन्फेल्टले पुरुष ट्रायथलनमा स्वर्ण पदक जितेका छन्। उनले एक घन्टा ४५.०४ मिनेटमा दुरी पार गरेका थिए। ब्लुमेन्फेल्टभन्दा ११ सेकेण्ड पछि परेका बेलायतका एलेक्स यीले रजत पदक जिते। न्युजिल्यान्डका हेडेन विल्डले काश्य पदक जिते। उनले १ घण्टा ४५.२४ मिनेटमा दुरी पार गरे। ट्रायथलनमा स्वर्ण पदक जित्ने ब्लुमेन्फेल्ट नर्वेका पहिलो खेलाडी हुन्। रियो ओलम्पिकमा उनी १३औं स्थानमा थिए।