काठमाडौँ । सरकारले आजबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा रोक लगाएको छ । वन तथा वातावरण मन्त्रालय र वन विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध गर्ने नियमलाई आजबाट कडाइका साथ लागु गर्ने भएको हो । यसअघि २०७२ सालको वैशाख १ गतेदेखि लागु हुने गरी उक्त नियम बनाएको थियो । […]