कञ्चनपुर – कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला प्रयोगमा रोक लगाउने भएको छ ।
आउँदो नयाँ वर्ष २०८० को वैशाख १ गतेदेखि लागू हुने गरी प्लास्टिकका झोला आयात, बिक्री, वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिनुभयो ।
कार्यालयले एक महिना अगाडि नै सूचना निकालेर प्लास्टिकका झोलाको आयात बन्द गर्न निर्देशन दिएको थियो । प्रतिबन्धित झोला प्रयोग तथा बिक्री गर्नेलाई वातावरण संरक्षण ऐन २०७६ र वातावरण संरक्षण नियमावली २०७७...