जलविद्युत् आयोजनाले स्थानीयलाई दोहोरो लाभ

म्याग्दी । म्याग्दीमा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनाबाट स्थानीय समुदाय लाभान्वित भएका छन् । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ र रघुगंगा गाउँपालिका–४ दग्नाम, ५ झीँ, ६ पाखापानी, ७ चिमखोला र ८ कुइनेमंगलेका बासिन्दा दोहोरो रूपमा लाभान्वित भएका हुन् । गोरेटो, घोडेटो हुँदै पछिल्ला केही वर्षदेखि राजनीतिक दलहरूले मोटरबाटोको सपना देखाएर भोट माग्दै आएकामा अजिङ्गर (झ्यान्द्राभीर) फोरिएसँगै दर्मिजा, चिमखोला, चौरखानी, घ्यासीखर्कदेखि धौलागिरि हिमालको फेदीसम्मै मोटरबाटो उक्लेको छ । दग्नाम–चिमखोला ४ दशमलव ८१ किलोमिटर सडक खन्न संघ, प्रदेश र स्थानीय पालिकाबाट करीब सात करोड खर्च भएकोमा दग्नाम–दर्मिजा ८०० मिटर र दर्मिजा–चिमखोला खण्डको गोखोभीरको ६३० मिटर अक्करे पहाड फोर्न तुँदीपावर कम्पनीले मात्र १२ करोड खर्च गरेको छ । उक्त कम्पनीले छुट्टै चिमखोलास्थित ठूलोखोलामा बेलिब्रिज र संयुक्त ऊर्जाले कुइनेमंगलेको छरीमा अर्को बेलिब्रिज बनाएपछि धवलागिरि फेदीका अति दुर्गम बस्ती सडकसँग जोडिएका हुन् । तुँदीपावर कम्पनीले राहुघाटखोलामा ३५ दशमलव ५ मेगावाट क्षमताको मंगले राहुघाट र सोही खोलामा अर्को ४८ दशमलव ५ मेगावाट क्षमताको अपरराहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । त्यस्तै राहुघाटखोलामा निर्माणाधीन अर्को संयुक्त ऊर्जाले २१ दशमलव ३ मेगावाट क्षमताको ठूलोखोला आयोजना निर्माण गरिरहेको छ । आयोजनाले पनि समुदायमा गर्ने स–साना योजनाबाहेक पहुँचमार्ग निर्माण गर्दा माथिल्ला बस्तीलाई पनि सडक पहुँच पुगेको हो । ‘राहुघाटखोलामा निर्माणाधीन आयोजनाबाट रघुगंगा गाउँपालिकामा सडक निर्माणमा ठूलो आर्थिक राहत भएको छ,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले भने, ‘संघ/प्रदेशबाट विनियोजित बजेट ट्रेन र हाम्रो क्षमताले यी बस्तीमा दशकअघि सडक जोड्न कठिन थियो, आयोजनाले आफ्ना लागि पहुँचमार्ग बनाउनैपर्ने हुँदा पालिकासँग योजनामा साझेदारीमा सडक खन्यौं, हाम्रो सानो सहभागिताले धेरै लाभ पुगेको छ ।’ शुरूमा पाखापानीलाई रघुगंगा गाउँपालिकाको अस्थायी केन्द्र तोकेपछि उत्पन्न विवाद २०७४ को स्थानीय तह निर्वाचनपछि गाउँसभाको बहुमतले ५, ६ र ८ नं वडाका झीँ, पाखापानी र कुइनेबस्तीलाई मोटरबाटोले जोड्न प्रतिबद्धतासहित पालिकाको केन्द्र रघुगंगा–३ मौवाफाँट तोक्यो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरद्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाले रघुगंगाका वडा नं ४ र ५ को सिमानामा पर्ने बुक्लस्थित राहुघाट नदीमाथि ट्रस प्रविधिको पुल निर्माण गरेको छ । आयोजनाले बुक्लदेखि रघुगंगा–५ झीँ जोड्ने करीब पाँच किलोमिटर सडक पनि निर्माण गरेको छ । सो सडक र पुलले रघुगंगाको झीँ, पाखापानी र कुइनेका बासिन्दालाई गाउँपालिकाको केन्द्र मौवाफाँटसम्म यातायात सञ्जालसँग जोडेको छ । मौवाफाँट जान बेनी र गलेश्वर हुँदै घुमाउरो बाटोको यात्रा गर्नुपर्ने बाध्यता हटेको झिँका वडाध्यक्ष मनबहादुर शेरपुञ्जाले बताए । रासस

सम्बन्धित सामग्री

के नेपालले जनसांख्यिक लाभ लिन सक्ला ?

उमेर समूहअनुसार जनसंख्याको संरचना हेर्दा आगामी २०–२५ वर्षसम्म नेपालले जनसांख्यिक लाभ लिन सक्छ।...

प्रकाश सपुतलाई पुत्र लाभ

काठमाडौं, कात्तिक १३ । गायक प्रकाश सपुतलाइ दोस्रो सन्तानको रूपमा पुत्र लाभ भएको छ । उनकी पत्नी विन्दू बोहराले शनिबार राजधानीको एक अस्पतालमा पुत्रलाई जन्म दिएकी हुन् । उनीहरूको पहिलो सन्तानको रुपमा सात वर्षकी छोरी छिन् । सपुतले २०६९ सालमा बिन्दुसँग प्रेम विवाह गरेका हुन् ।

जलवायु वित्तको लाभ समूहमा प्रवाह गर्न माग

जलवायु वित्तको सतप्रतिशत लाभ सामुदायिक वन उपभोक्ता समूहलाई प्रवाह गर्न माग गरिएको छ । मुलुकभरको सामुदायिक वन उपभोक्ता समूहको छाता संगठन (फेकोफन) ले वन संरक्षणमार्फत जलवायु परिवर्तन न्यूनीकरणका लागि समूहले खेलेको भूमिका निकै नै महत्वपूर्ण रहेको भन्दै जलवायु वित्तको लाभ समूहमा प्रवाह गर्नुपर्ने बताएको हो ।जलवायु परिवर्तन न्यूनीकरणका लागि समूहले खेलेको भूमिका महत्वपूर्ण भए पनि […]

श्रवण दृष्टिविहीन परियोजनाद्वारा ४० जनालाई प्रत्यक्ष लाभ

तिलोत्तमा : नेपाल नेत्रहीन सङ्घको सहयोगमा रुपन्देही नेत्रहीन सङ्घद्वारा सञ्चालित श्रवणदृष्टिविहीन परियोजनाबाट जिल्लाका ४० जना श्रवण तथा दृष्टिविहीनता भएका व्यक्तिहरुले प्रत्यक्ष लाभ प्राप्त गरेका छन्।तिलोत्तमा नगरपालिको मणिग्राममा रहेको शान्ति नमूना माविमा श्रवण दृष्टिविहीनहरुले लाभ प्राप्त गरेको जनाइएको छ। परियोजनाको पहलमा रुपन्देहीमा श्रवण दृष्टिविहीन भएका बालबालिकाले पढ्ने विशेष विद्यालयसमेत स्थापना गरेर लाभ दिन सकिएको हो।श्रवण दृष्टिविहीन परियोजना संयोजक प्रेम आचार्यले श्रवण र दृष्

सिल्भस्टर स्टालोन भन्छन्,’मैले आर्थिक लाभ पाएको छैन’

काठमाडौँ- अभिनेता सिल्भस्टर स्टालोनले आफू अभिनीत फिल्महरू मार्फत उल्लेख्य लाभ नपाएको गुनासो गरेका छन् । उनले ‘रकी’ फिल्मको सिरिजहरू र त्यसको पात्रलाई लिएर बनाइएका स्पिन अफ मार्फत निर्माता इरविन विन्कलरले एकलौटी फाइदा लिएको र आफूलाई पर्याप्त आर्थिक लाभ नदिएको गुनासो गरेका छन् । उनले यसको खुलासा सामाजिक सञ्जाल मार्फत गरेका हुन् । आफ्नो सामाजिक सञ्जालमा […]

घर जग्गा कारोबारमा लाग्ने पूँजीगत लाभ कर बढ्यो

१५ जेठ, काठमाडौं । घर जग्गा कारोबारमा लाग्ने पूँजीगत लाभ कर बढेको छ । सरकारले संसदमा पेश गरेको बजेटले पूँजीगत लाभ कर बढाएको हो । नयाँ व्यवस्था अनुसार ५ वर्षभन्दा कम समय स्वामित्वमा रहेको घर जग्गा बेच्दा अब नाफाको साढे ७ प्रतिशत पूँजीगत लाभ कर तिर्नु पर्ने छ । यसअघि यस्तो कर ५ प्रतिशत थियो […]

बालेन साहको परिवारमा पुत्री लाभ

काठमाडाैं । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहको परिवारमा पुत्री लाभ भएको छ । महानगरपालिकाको मेयर पदको जारी मतगणनामा अग्रता लिइरहेका बालेन साहको दाई कौशल साह र भाउजु शिला बास्तोलालाई पुत्री लाभ भएको हो । बालेनले मतगणनामा अग्रता लिइरहँदा परिवारमा पुत्री लाभ हुनुलाई शुभ संकेतका रूपमा हेरिएको छ । (यसअघि यहि लिंकमा प्रकाशित समाचार […]

एमसीसीबाट दीर्घकालीन लाभ

काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसीले दीर्घकालीन रुपमा नेपालको आर्थिक विकासमा विशेष योगदान पुर्‍याउने अर्थविद्हरुले बताएका छन् । संघीय संसद् बाट एमसीसी पास भएसँगै अबको पाँच वर्षपछि त्यसको लाभ लिन सकिने अर्थविद्हरुले बताएका छन् । आयोजनाको काम सुरू हुन भने केही समय लाग्ने उनीहरुको तर्क छ । संसद् बाट एमसीसी पारित गर्ने विषयमा दलहरुबीच सहमति […]

मर्जरले सेयर लगानीकर्तालाई लाभ कि हानि ?

बैंकहरू एकआपसमा मर्जर वा एक्वायर गर्दा लगानीकर्ताहरूलाई लाभ भएको छ कि हानि ? भन्ने प्रश्न उठ्ने गरेको छ लगानीकर्ताहरूमाझ । हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक मर्जर प्रक्रियामा रहेका कारण सेयर बजारमा नेप्से ३२ सय पार गर्दा पनि लगानीकर्ताहरूले लाभ लिन सकेनन् । यी दुई बैंक मर्जर प्रक्रियामा रहेका कारण सेयर बजारमा कारोबार गर्न सकिँदैन […]