मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे निर्णय लिन बसेको सत्ता गठबन्धनको बैठक भोलि शुक्रवार फेरि बस्ने गरी सकिएको छ ।
राजनीतिक दलहरूको विवादको भूमरीमा परेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसीबारे निर्णय लिन गठबन्धनको बैठक बसेको थियो ।
बैठक शुक्रवार बिहान ९ बजे फेरि बस्ने गरी सकिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
शुक्रवारको संसद बैठकमा एमसीसी पेश गर्ने प्रधानमन्त्रीको तयार थियो तर अन्तिम निर्णय गर्ने भनेर बोलाइएको बैठक भोलि फेरि बस्ने गरी सकिए...