यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जुम्लाको तिला गाउँपालिका–९ खोप्री मतदानस्थलबाट मतपेटिका ल्याउन हेलिकप्टर आवश्यक देखिएको छ । समुद्री सतहबाट तीन हजार मिटर उचाइमा रहेको उक्त मतदानस्थल सुरक्षाका दृष्टिले अतिसंवेदनशील मानिन्छ ।उक्त मतदानस्थल गाउँपालिकाको कार्यालयबाट सात घण्टा टाढा रहेकाले मतदान कार्य सम्पन्नपश्चात् मतपेटिका ल्याउन हेलिकप्टर आवश्यक रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले जानकारी दिइन् ।“हामीले सडक डिभिजन कार्