काठमाडौं। डोटीमा कोरोना रोकथामको तयारी प्रभावकारीरूपमा हुन नसक्दा अन्योलता सिर्जना भएको छ। हालसम्म भारतबाट फर्किएका ६८ जनामा कोरोना संक्रमण देखिएको छ भने दुई जनाको मृत्यु भएको छ। जिल्लामा दैनिकरूपमा संक्रमितको संख्या बढिरहेको छ। नौ स्थानीय तह रहेको डोटीमा कुनै पनि स्थानीय तहले भारतबाट रोजगारी गरी घर फर्किएका जिल्लाका नागरिक राख्नका लागि क्वारेन्टिनको निर्माण गरेका छैनन्।