डाेटी - डोटीमा बर्सेनि कुष्ठ रोगीहरुको सङ्ख्या थपिँदै जान थालेको छ । डाेटीमा थप पाँच जना नयाँ कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
डोटीमा गएको वर्ष सात जना कुष्ठरोगी फेला परेका थिए भने यो वर्ष थप पाँच जनामा कुष्ठ रोग देखिएपछि अहिले डाेटीमा कुष्ठ रोगीको सङ्ख्या १२ पुगेकाे जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७७/७८ को सुरुवातीमै डाेटीमा पाँच जना नयाँ कुष्ठ रोगी फेला परेका जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत महेश बोहराले ब...