काठमाडौं : प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको तेस्रो बैठक शुक्रबार बस्दैछ। बैठक बिहान ९ बजेका लागि बोलाइएको छ।शुक्रबारको बैठकमा राष्ट्रिय योजना आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र लगानी बोर्डका पदाधिकारीसँग सहभागी हुनेछन्। बैठकमा आमन्त्रित निकायको कार्यक्षेत्र सम्बन्धमा जानकारी, छलफल लगायत विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। यसअघि शनिबार बसेको दोस्रो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त