काठमाण्डौ – राष्ट्रिय सभाबाट नागरिकता ऐनको संशोधन विधेयक पारित भएको छ । आज बिहीवार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकले प्रतिनिधि सभाबाट पारित भएर आएको ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ बहुमतले पारित गरेको हो ।राष्ट्रिय सभामा भएको छलफलपछि गृहमन्त्री बालकृष्ण खाणले सांसहरूको प्रश्नको जवाफ दिएपछि बैठकले विधेयक बहुमतले पारित गरेको हो । यसअघि साउन ६ गते शुक्रवार प्रतिनिधि सभाले यो विधेयक पारित गरेको थियो ।अब यो विधेयक राष्ट्रिय सभाले प्रतिनिधि सभामा नै फिर्ता पठाउन...