म्याग्दी : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्याग्दीका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसलाई उम्मेदवार छनोट गर्नै सकस भएको छ।कतिपय गाउँ कमिटी र नगरकमिटीले आ-आफ्नो स्थानीय तहमा उम्मेदवार छनोट गर्न नसक्दा जिल्ला कार्य समितिमा सिफारिस गरिएको छ। यहाँसम्म कि कैयौं स्थानीय तहले वडाध्यक्षको समेत टुंगो लगाउन सकेका छैनन्।नेपाली कांग्रेस बेनी नगर कार्य समितिले म्याग्दीको बेनी नगरपालिकाको मेयरका लागि १० जना र नेकपा एमालेले ४ जनाको नाम सिफारिस गरेको छ।बिहीबार साँझ (हिजो) बसेक