प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले वृद्ध आमाबुबा भगवानको स्वरुप भएकाले उचितरुपले पालनपोषण, हेरचाह र सेवा गर्नु छोरा छोरीको कर्तव्य भएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस–२०७८ मूल समारोह समिति मोरङद्वारा आज विराटनगर–८स्थित विराटेश्वर वुद्धाश्रम बहुद्देश्यीय भवन र मानवसेवा आश्रममा आश्रय लिइरहेका ज्येष्ठ नागरिक, वृद्ध, असहायलाई फलफूल वितरणका क्रममा सो कुरा बताउनुभएको हो । …