३१ विधामा विन्ध्यवासिनी म्युजिक अवार्ड, मीरा राणालाई लाइफ टाइम अचिभमेन्ट

काठमाडौं । विन्ध्यवासिनी म्युजिक अवार्डको १४ औं संस्करण सम्पन्न भएको छ । राष्ट्रिय नाचघरमा आयोजित समारोहमा ३१ विधामा संगीतकर्मीलाई सम्मान र अवार्ड प्रदान गरियो । सुगम संगीततर्फ निशान भट्टराई र काव्या आचार्यले सर्वोत्कृष्ट गायक गायिकाको अवार्ड चुमे । सोही विधामा बिबी अनुरागी संगीतकार, सत्यराज चौलागाईं रचनाकार र सुदीप सागर संगीत संयोजक विधामा उत्कृष्ट भए । […]