बीवाइडीका गाडी किन्दा एभरेष्ट बैंकबाट सहजै कर्जा

काठमाडौं । नेपालका लागि बीवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंक र एभरेष्ट बैंकबीच कर्जा सहजताका लागि सम्झौता भएको छ । सम्झौता अनुसार बीवाइडीका विद्युतीय कार किन्न चाहने ग्राहकले एभरेष्ट बैंकबाट ८० प्रतिशतसम्म कर्जा सहज रूपमा पाउनेछन् । एभरेष्ट बैंकले आवश्यक कागजात भएको अवस्थामा एक हप्ताभित्र कर्जा स्वीकृत गर्ने र सेवा शुल्कमा ३३ प्रतिशत छूट दिने बताएको छ । बैंकले विद्युतीय सवारीसाधन प्राथमिकता प्राप्त क्षेत्र भएको र वातावरणमा यसको ठूलो फाइदा रहेको कारण बीवाइडीका विद्युतीय कारमा कर्जा दिने निर्णय भएको बताएको छ । एभरेष्ट बैंकका डेपुटी जनरल म्यानेजर केशवराज जोशीले वातावरणमैत्री बीवाइडीका गाडीमा कर्जा दिने सम्झौताले विद्युतीय गाडी किन्न चाहने ग्राहकलाई सहयोग पुग्ने विश्वास लिएको बताए । साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बीवाइडीका गुणस्तरीय र वातावरणमैत्री सवारीसाधन सहज रूपमा ग्राहकसम्म पुर्‍याउन एभरेष्ट बैंकसँग साझेदारी गर्न पाउनु गौरवको विषय रहेको बताइन् ।

सम्बन्धित सामग्री

मासिक १४ हजार किस्तामा किन्दा सजिलो हुने इलेक्ट्रीक कार

काठमाडौं । विद्युतीय कारमा सरकारले २० प्रतिशत मात्रै डाउन पेमेन्ट गरेर बाँकी ८० प्रतिशत कर्जा सुविधा दिएको छ । जति धेरै कर्जा उतिनै धेरै ब्याज तिर्नु पर्ने भएकोले सकभर धेरै डाउन पेमेन्ट गरेर कार किन्दा मासिक किस्ता पनि कम पर्न जान्छ । अहिले एउटा पेट्रोल कारले मासिक उपत्यकामा यात्रा गर्दा पनि १२ देखि १५ हजारको […]

रेनोका गाडी किन्दा सानिमा बैंकमा कर्जा

काठमाडौं। नेपालका लागि रेनो गाडीको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्स र सानिमा बैंकबीच सवारी कर्जासम्बन्धी सम्झौता गरिएको छ । दशैं, तिहार र नाडा अटो शोलाई लक्षित गरी ग्राहकलाई सहुलियत ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउन सम्झौता गरिएको बताइएको छ । सम्झौतामा एड्भान्स्ड अटोमोबाइल्सका महाप्रबन्धक अधीरकुमार श्रेष्ठ र सानिमा बैंकका रिटेल लेन्डिङ डिपार्टमेन्ट हेड विशाल दाहालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार रेनोको क्विड, ट्राइबर र किगर मोडेलका गाडी खरीद गर्न चाहने ग्राहकले बैंकबाट सहुलियत दरमा कर्जाको सुविधा पाउने बताइएको छ । साथै रेनोले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर ‘रेनो शुभ कार रम्भ’ योजना पनि ल्याएको छ । यो योजना अन्तर्गत रेनोका ग्राहकले ७ लाख रुपैयाँसम्मको छूटका साथै सहुलियत कर्जा, एक वर्षसम्म नि:शुल्क सडक कर, दुई वर्षसम्म नि:शुल्क सर्भिसिङ र बेस्ट भ्यालू एक्स्चेन्ज अफर लगायत लाभ पाउन सकिने बताइएको छ ।

पेट्रोलियमबाट चल्ने निजी सवारी किन्दा पाइने कर्जा कसिलो बनाइँदै

२९ वैशाख, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारीको आयात घटाउने भएको छ । व्यापार घाटा न्यूनीकरण गर्न तयार पारिएको व्यापार घाटा न्यूनीकरण सम्बन्धी कार्ययोजना २०७९ स्वीकृत गर्दै मन्त्रिपरिषद्ले ६ महिना भित्रै पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन आयातमा निरुत्साहनको नीति लिएको हो । पेट्रोलियम पदार्थबाट चल्ने निजी सवारीको आयात कम गर्न ६ महिना भित्रै नतिजा […]

टाटाका विद्युतीय गाडी किन्दा ८० प्रतिशतसम्म कर्जा पाइने

टाटा गाडीको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्सबाट विद्युतीय गाडी खरिद गर्ने ग्राहकलाई ८० प्रतिशतसम्म कर्जा व्यवस्था गरिदिने भएको छ । ग्राहकलाई कर्जा व्यवस्था गरिदिने विषयमा कम्पनीले एभरेष्ट...

भोल्भो निर्माण उपकरण किन्दा समृद्धि फाइनान्सले ८० प्रतिशत कर्जा दिने

समृद्धि फाइनान्स कम्पनी लिमिटेड र टाइम्स मोटर प्रा.लि. बीच निर्माण उपकरणहरुका खरिदकर्ताहरुका लागी उपकरण ऋण उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ ।सम्झौतापछि फाइनान्सका सबै शाखाबाट देशभरका भोल्भो निर्माण उपकरणका सम्भावित खरिदकर्ताहरुले उपकरण ऋण सुविधा प्राप्त गर्नेछन् । जस अन्तर्गत टाइम्सका सम्भावित ग्राहकले उपकरण लागतको ८० प्रतिशतसम्म कर्जा फाइनान्सबाट लिन सक्नेछन् । सो कर्जाको अवधि अधिकतम ५ वर्षको हुनेछ । उक्त सम्झौतापत्रमा फाइनान्सका तर्फबाट प्रमुख कर्जा अधिकृत सुभाष श्रेष्ठ र टाइम्स मोटरर्सको तर्फबाट प्रबन्ध निर्देशक दिपक राज गीरीले हस्ताक्षर गरेका छन् । समृद्धि फाइनान्सले बचत खातामा उच्चतम् व्याजदरमा निक्षेप संकलन गरिरहेको छ । सामान्य बचत खातामा ७.५ प्रतिशत व्याज प्रदान गरेको छ जुन सामान्य बचत खातामा बैंक तथा वित्त कम्पनीमा उच्चतम व्याजदर हो ।नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले ५ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ ।

महालक्ष्मी बैंकले सवारी किन्न सरल कर्जा दिने

काठमाडौं। महालक्ष्मी विकास बैंकले सवारीसाधान किन्न चाहने सेवाग्राहीलाई सरलरुपमा कर्जा दिने भएको छ। बैंकले एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्ससँग सहकार्य गर्दै यस्तो कर्जा दिने भएको हो। सम्झौताअनुसार एमएडब्लू भेहिकल्सबा बैंकका ग्राहकले फोटोन ब्राण्डका गाडी खरिद गर्न महालक्ष्मी बैंकबाट ऋण लिन सक्छन्। ग्राहकले ८ वर्षसम्मका लागि लिन सक्ने ऋण गाडी किन्दा लाग्ने कुल खर्चको ८० प्रतिशतसम्म लिन पाउने बताइएको छ।