युक्रेनमा नेटो र रुसको प्रत्यक्ष द्वन्द्वको अर्थ तेस्रो विश्वयुद्ध हो : बाइडेन

अमेरिकी राष्ट्रपति जोन बाइडेनले युक्रेनमा रुसविरुद्ध अमेरिकाले प्रत्यक्ष ढंगले हस्तक्षेप नगर्ने बताएका छन् । ‘युक्रेनमा हामीले रुसविरुद्ध लडाइँ गर्नेछैनौं । नेटो र रुसको प्रत्यक्ष द्वन्द्वको अर्थ तेस्रो विश्वयुुद्ध हो । यसलाई हामीले रोक्ने प्रयास गर्नुपर्छ,’ बाइडेनले भने । यसअघि रुसमाथि विभिन्न प्रतिबन्ध लगाएको अमेरिकाले रुसी भोड्का, सिफुड, डायमन्डलगायतका सामाग्रीमा नयाँ प्रतिबन्ध लगाएको छ । युक्रेनमाथि रसायनिक हमला प्रयोग गरे पुटिनले ठूलो मूल्य चुकाउनुपर्ने उनले चेतावनी दिए ।&n

सम्बन्धित सामग्री

महत्वपूर्ण भूगोल नियन्त्रणको होडबाजी र युक्रेन युद्ध

भूराजनीतिक गतिशीलताहरू जटिल छन् र ऐतिहासिक गुनासा, जातीय तनाव, आर्थिक विचार एवं शक्ति सङ्घर्ष लगायत कारणको संयोजनबाट द्वन्द्व उत्पन्न हुन्छ भन्ने कुराप्रति ध्यान दिन जरुरी छ।

सन् २०२३ मा तेस्रो विश्वयुद्ध हुन्छ भन्ने भविष्यवाणीले विश्व त्रसित

रुस र युक्रेन बीचको भीषण युद्ध जारी छ । दुई देशबीचको द्वन्द्व सुरु भएको एक वर्षभन्दा बढी भइसक्यो, तर युद्धको अन्त्य भने हुन सक्ने देखिँदैन । रुस–युक्रेन युद्धपछि अहिले विश्व तेस्रो विश्वयुद्धको खतरामा छ । यसैबीच, धेरै भविष्यवाणी गर्ने हरूले तेस्रो विश्व युद्धको भविष्यवाणी गरेका छन् ।

पुटिनको एक इशारामा तेस्रो विश्वयुद्ध सुरु हुन सक्ने युक्रेनी जनरलको चेतावनी

रुस–युक्रेन युद्ध भएको ६ महिनाभन्दा बढी भइसक्यो युद्ध जारी छ ।  युक्रेनका एक शीर्ष जनरल भ्यालेरी जालुज्न्याकले आणविक हतियार प्रयोग गर्ने पुटिनको आदेशले हामीलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्‍याउने  चेतावनी दिएका छन् । यो चेतावनी यस्तो समयमा आएको हो जब पुटिनको सेना युद्धको मैदानमा निराश छ र हतियार र सेनाको अभावको सामना गरिरहेको छ। रुस युक्रेनलाई […]

रुस-युक्रेन युद्ध: यस कारण तेस्रो विश्वयुद्धको प्रस्थानबिन्दु

फ्रान्सका चर्चित भविष्यवाणीकर्ता नास्त्रेदमसले १६औँ शताब्दीमा ९ सय ४२ वटा भविष्यवाणीसहितको 'दि प्रोफेसिस अफ नास्त्रेदमस' नामक पुस्तकमार्फत सन् २०२३ मा ७ महिनासम्म तेस्रो विश्वयुद्ध हुने भविष्यवाणी गरेका छन् । कामना गरौँ, उनको भविष्यवाणी हालसम्म ७० प्रतिशत मिलिरहँदा ३० प्रतिशत मिलेको छैन । तसर्थ तेस्रो विश्वयुद्ध पनि नमिलेको प्रतिशतमा गिन्ती रहोस् ।

युक्रेनका राष्ट्रपति भन्छन्- वार्ताबाट युद्ध अन्त्य नभए तेस्रो विश्वयुद्ध

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताका माध्यमबाट सफलता हासिल नभए रुस–युक्रेन युद्ध अन्ततः तेस्रो विश्वयुद्धमा परिणत हुने बताएका छन् । आइतबार अमेरिकी न्यूज च्यानल ‘सीएनएन’सँग कुरा गर्दै जेलेन्स्कीले आफू रुसी समकक्षी भ्लादिमिर पुटिनसँग वार्ताका लागि तयार रहेको पनि बताए । उनले युद्ध समाप्त गर्ने एकमात्र तरिका वार्ता नै रहेको प्रस्ट पारे ।जेलेन्स्कीले भने, ‘मलाई लाग्छ, हामीले वार्ताको सम्भावनाका लागि कुनै पनि प्रारुप, कुनै पनि अवसरको उपयोग गर्नुपर्छ ।&rsquo

नाटो र रूसबीचको प्रत्यक्ष टकराव तेस्रो विश्वयुद्ध हाे : बाइडेन

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले नाटो र रूसबीचको प्रत्यक्ष टकराव तेस्रो विश्वयुद्ध भएकाे बताउनुभएकाे छ। उहाँले गएराति सामाजिक सञ्जाल ट्वीटमार्फत यस्ताे बताउनुभएकाे हाे। उहाँले युक्रेन र रुस विरुद्धयुद्ध युद्ध नलड्ने समेत स्पष्ट पार्नुभएको छ। नाटो क्षेत्रको प्रत्येक इन्चलाई एकतावद्ध र गैल्भेनाइज्ड नाटोको पूर्ण शक्तिका साथ रक्षा गर्ने समेत उहाँले बताउनुभएकाे छ । उहाँले सामाजिक सञ्जाल […]

रुस-युक्रेन तनावमा अमेरिकाले सैन्य हस्तक्षेप नगर्ने': बाइडन - BBC News नेपाली

अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी सेनाले रुसविरुद्ध लड्नुको अर्थ "तेस्रो विश्वयुद्ध शुरू गरे सरह" हुने चेतावनी दिए।

रुस-युक्रेन युद्धमा अमेरिका घुस्यो भने तेस्रो विश्वयुद्ध जस्तै हुनेछ : ​​बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुससँग लड्न अमेरिकाले आफ्ना सेना नपठाउने बताएका छन् । उनले ट्विट गर्दै, ‘हामी एक संयुक्त र बलियो नेटोको पूर्ण शक्तिका साथ नेटो क्षेत्रको प्रत्येक इन्चको रक्षा गर्नेछौं। हामी युक्रेनमा रुससँग लड्ने छैनौं। नेटो र रुसबीचको प्रत्यक्ष लडाइ तेस्रो विश्वयुद्ध जस्तै हुनेछ।’ बाइडेनले बारम्बार भनेका छन्, अमेरिकाले प्रत्यक्ष लडाईका लागि आफ्ना […]

रुसका विदेशमन्त्रीले भने, ‘तेस्रो विश्वयुद्ध विनाशकारी र परमाणुयुक्त हुनेछ’

रुसले युक्रेनलाई परमाणु हतियार हासिल गर्न नदिने त्यहाँका विदेशमन्त्री सर्गेई लावरोफले बताएका छन् । उनले तेस्रो विश्वयुद्ध विनाशकारी र परमाणुयुक्त हुने चेतावनी पनि दिएका छन् । युक्रेनसँग कुराकानी बारे  लावरोफले रुस युक्रेनसँग दोस्रो चरणको वार्ताका लागि तयार भएको तर युक्रेन अमेरिकाको इशारामा चलिरहेको बताएका छन् ।मंगलबार लावरोफले भनेका थिए, ‘युक्रेन परमाणु हतियार हासिल गर्ने कोसिस गर्दै आएको छ । यो एक ठूलो खतरा हो र यसलाई रोक्न आवश्यक छ ।’#BREAKING | Third World War would be