काठमाडौं । हिन्दू महिलाले मनाउने पर्व तीज र संगीतबीच सदियौंदेखि विशेष साइनो छ । तीजमा गीतमार्फत महिलाले आफ्ना पीडा, भावना र विचार पोख्दै आइरहेका छन् । तीज आउनु तीन महिनाअघिदेखि नै तीज गीतले गाउँ-सहरलाई छोप्ने गरेको छ । कोरोना महामारीअघि र त्यसबीचमा तीज गीतले सामाजिक सञ्जालको टाइमलाइन मात्र हैन, घरटोलमा समेत वर्चस्व जमाएका हुन्थे । […]