काभ्रे १ को मतगणना : संघमा गठबन्धन उम्मेदवारलाई उछिन्दै एमाले अघि लाग्यो

काभ्रे : जिल्लामा संघ र प्रदेश सभा दुवैतिरको मतगणना भइरहेको छ। पछिल्ला मतगणनामा गठबन्धनका उम्मेदवारलाई उछिन्दै नेकपा एमालेका उम्मेदवार अघि लागेका छन्।अहिलेसम्म काभ्रे–१ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार सूर्यमान दोङ (लालध्वज)ले ५ हजार २०१ र एमालेका उम्मेदवार रेशम लामाले ५ हजार ३८२ मत प्राप्त गरेका छन्। लामाले १८१ मतले अग्रता लिएको हो।प्रदेशमा गठबन्धनकै अग्रता कायमकाभ्रे–१ को प्रदेशसभा (क) तर्फ माओवादी केन्द्रका रत्न ढकालले ७ हजार २५० र एमालेका दिलिप तामाङले ४ हजार ९७८ मत प्राप्त ग

सम्बन्धित सामग्री

एमाले प्रदेश अधिवेशनः कोशीमा मतगणना जारी

मोरङ – नेकपा एमाले कोशी प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य सुरु भएको छ। विराटनगरको एक होटलमा सोमबार बेलुका करिब साढे ५ बजेबाट मतगणना कार्य सुरु भएको हो। होटलको हलभित्र मतगणना कार्य विभिन्न ७ स्थानमा एकैपटक सुरु भएको एमाले विराटनगर महानगर कमिटी सचिव रोहित कोइरालाले जानकारी दिए। हाल मतगणनाको लागि मतपत्र […]

एमाले कर्णाली अधिवेशनको मतगणना सुरु

सुर्खेत : नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना सुरु भएको छ। बिहान ८ बजेदेखि मतगणना हुने भनिए पनि केही घण्टा ढिलोगरी मतगणना गर्न थालिएको हो।एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न असफल भएपछि आइतबार मतदान भएको थियो। कुल ६१६ मतदाता मध्ये ६०९ मतदाताले मतदान गरेको अधिवेशनमा अध्यक्ष पदमा तीन जनाले प्रतिस्पर्धा गरेका छन्।

बाजुरामा मतगणना सुरु

बाजुरा – बाजुरामा मतगणना सुरु भएको छ । आज बिहीवार दिउँसाे साढे ३ बजे मतगणना सुरु हुने भने पनि झन्डै साढे दुई घण्टा पछाडि मात्रै सुरु भएकाे हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बोलाएको सर्वदलीय बैठकले साढे ३ बजेदेखि मतगणना गर्ने सहमति गरेको  थियाे । तर बैठकमा एमाले नआएपछि गणना सुरु भएको थिएन । आयोगको मतगणना गर्ने निणर्य गरेसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले बाजुरामा तेस्रो पटक सर्वदलीय बैठक बोलाएको थियो । तेस्रो पटक नेकपा एमाले सहभागी भएपछि मतगणना गर्ने सहमति भएको हो । मङ्सिर ४ ग...

चार क्षेत्रको मतगणना जारी, कांग्रेस र एमाले दुई/दुई ठाउँमा अगाडि

काठमाडौँ – प्रतिनिधिसभाका १६५ सिटमध्ये १५८ क्षेत्रको नतिजा आइसकेको छ भने चार स्थानको मतगणना जारी छ। ती चारमध्ये कांग्रेस र एमाले उम्मेदवार दुई/दुई ठाउँमा अगाडि छन्। एमालेका उम्मेदवार धनुषा-४ मा रघुवीर महासेठ र सुनसरी ३ मा भगवती चौधरीले अग्रता लिएका छन्। सुनसरी-४ मा शनिबार दिउँसोदेखि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन। संचार मन्त्रीसमेत रहेका […]

बुढीगंगा मतगणना अपडेट : मतगणना सकिएका ४ वटै वडामा एमाले विजयी

बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणना मध्य हाल सम्म ४ वडाको मत गणना सकिएको छ । मतगणना सकिएका ४ वटै वडामा एमाले विजयी भएका छन् ।  जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार वडा नम्बर १, २, ९ र १० मा मत गणना सकिएको हो । सम्पन्न भएका ४ वटै वडामा एमालेका उम्मेदवार विजयी भएका उनले बताए । उनकाअनुसार वडानम्बर १ मा एमाले रणबहादुर थापा, वडा नम्बर–२ मा नेकपा एमालेका पदम बहादुर भण्डारी, वडा नम्बर–८ मा मीनबहादुर सिंह र वडा नम्बर–१० मा एमालेकै दलबहादुर साउद

भरतपुरमा एमाले कार्यकर्ता रिहापछि मतगणना सुरु

भरतपुर महानगरपालिकामा अवरुद्ध भएको मतगणना फेरि सुरु भएको छ । नेकपा एमालेका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि मतगणना अवरुद्ध भएको थियो ।प्रहरीले नियन्त्रणमा लिएका एमाले कार्यकर्तालाई रिहा गरेपछि मतगणना सुरु भएको हो । सोमबार दिउँसो वडा नम्बर २७ को मतपेटिका जाँचका लागि पुगेका एमालेका प्रतिनिधि फर्कने क्रममा मतगणना स्थलमा प्रवेश गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

एमाले प्रतिनिधि पक्राउपछि रोकिएको भरतपुरको मतगणना पुनः सुचारु

चितवन । भरतपुर महानगरपालिकाको मतगणना पुनः सुचारु भएको छ । वडा नम्बर २७ को मतगणना सुरु गर्नुअघि नेकपा एमालेका प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएपछि केही बेर मतगणना रोकिएको थियो । एमाले प्रतिनिधि मतगणना स्थलमै प्रवेश गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । एमालेले आफ्ना कार्यकर्ता तत्काल रिहा गर्न माग गर्दै मतगणना बहिष्कार गरेकोले मतगणना केही बेर […]

अछाममा एमाले अधिवेशन : मतगणना हुँदै

एमाले अछामको आठौँ जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि अहिले मतगणना भइरहेको छ । नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान भएको थियो । बिहान ८ बजेदेखि मतगणना सुरु हुने भनिए पनि साढे तीन घन्टा ढिला गरी मतगणना सुरु भएको हो ।सदरमुकाम मंगलसैनस्थित जिल्ला समन्वय समितिको हलमा मतगणना भइरहेको निर्वाचन अधिकृत खडक खड्काले जानकारी दिए । उनका अनुसार पदाधिकारीको नतिजा आजै साँझसम्म सार्वजनिक भइसक्नेछ । सदस्यहरूको गणना राति अबेरसम्म सक्ने उनले बताए ।अधिवेशनमा सात सय ६२ प्रतिनिधिमध्ये सात सय ४९ जनाले मतदान गर

खसेको भन्दा ३१ मत बढी भेटिएपछि एमाले दैलेखको मतगणना स्थगित

२८ पुस, सुर्खेत । नेकपा एमाले दैलेखको निर्वाचनमा खसेको भन्दा ३१ मत बढी भेटिएपछि मतगणना स्थगित गरिएको छ । एमाले दैलेखमा जम्मा मतदाताको संख्या ७२१ रहेको थियो । जसमा ७१८ मत खसेको थियो । तर मतगणना गर्ने बेला ७४८ मत भेटिएपछि मतगणना स्थगित गरिएको एमालेका केन्द्रीय सदस्य धर्मराज रेग्मीले जानकारी दिए । सातौं जिल्ला अधिवेशन […]