बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणना मध्य हाल सम्म ४ वडाको मत गणना सकिएको छ । मतगणना सकिएका ४ वटै वडामा एमाले विजयी भएका छन् । जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार वडा नम्बर १, २, ९ र १० मा मत गणना सकिएको हो । सम्पन्न भएका ४ वटै वडामा एमालेका उम्मेदवार विजयी भएका उनले बताए । उनकाअनुसार वडानम्बर १ मा एमाले रणबहादुर थापा, वडा नम्बर–२ मा नेकपा एमालेका पदम बहादुर भण्डारी, वडा नम्बर–८ मा मीनबहादुर सिंह र वडा नम्बर–१० मा एमालेकै दलबहादुर साउद