नयाँ बस्ती र टुसालले बराबरी खेल्यो

काठमाडौं, फागुन १९ गते । नयाँ बस्ती युवा क्लब र टुसाल युवा क्लबले बराबरी खेलेका छन् । शहीद स्मारक बी डिभिजन लिग अन्तगर्त बुधबार सम्पन्न खेलमा दुबैले १–१ को बराबरी खेल्दै अङ्क बाँडेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलको पहिलो हाफमा गोल गर्दै नयाँ बस्तीले टुसालमाथि १–० को अग्रता कायम गरेको थियो । नयाँ बस्तीले विवेक गुरुङ्गको गोलबाट अग्रता लियो । तर उक्त अग्रता उसले जोगाउन सकेन ।

सम्बन्धित सामग्री

बासबिनाको बस्ती

कालिकोट, जेठ ४ । रास्कोट नगरपालिका—७ पोखरीकोट पुग्नेलाई जोकोही निलो जस्तापाताले सिँगारिएका एकनास घर देखेर लोभिन्छ । पहाडी भूभागमा एकै आकारका लहरै नयाँ घर देखिँदा आकर्षित नहुने कुरै भएन । पोखरीकोट बस्ती जिल्लाको पहिलो एकीकृत नमुना बस्ती हो । अहिले त्यहाँ पुगेर धेरैले तस्बिर खिच्ने, सेल्फी खिच्ने र टिकटक बनाउने गरेका छन् । बाहिरबाट हेर्दा जति […]

वन्यजन्तु बस्ती पसेपछि...

वन क्षेत्रमा खानेकुराको अभाव हुनु र शिकारीको चहलपहल बढ्न थालेपछि जङ्गली बँदेल र अन्य जन्तु आहाराको खोजीमा बस्ती–बस्ती पसेका वन्यजन्तुको आनीबानी बुझेकाहरू बताउँछन् ।

तेम्बाथान एकीकृत बस्ती

काठमाडौँ,११ पुष । हेलम्बु गाउँपालिका–१ मा रहेको तेम्बाथान एकीकृत बस्ती । विसं २०७२ को भुकम्पपछि जिल्लामा एकीकृत बस्ती निमार्णले व्यापकता पाएको थियो । तस्बिर : देवराज सुवेदी/रासस

नमुना बस्ती अलपत्र

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कमा निर्माण गरिएको एकीकृत नमुना बस्ती अलपत्र परेको छ । १ करोड १ लाख ४४ हजार बजेटमा निर्माण गरिएको रामनाथ एकीकृत नमुना बस्ती अलपत्र परेको हो । २०७२ सालको भूकम्पबाट पीडित लाभग्राहीको एकै ठाउँमा आवास निर्माण गर्दै एकीकृत बस्ती विस्तार गर्ने योजना सम्पन्न नहुँदै बस्ती अलपत्र परेको हो । राष्ट्रिय […]

महत बस्ती पहिरोको जोखिममा

काभ्रेको कोसीपारिस्थित भुम्लु गाउँपालिका–१ सापिङमा अविरल वर्षाका कारण महत बस्ती जोखिममा परेको छ । आइतबार परेको वर्षाले बस्ती नजिकै पहिरो जाँदा जमिन धाँजा फाटेर बस्ती जोखिममा परेको हो भने विद्यालय भवन पहिराले पुरेको छ । भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलले वर्षाका कारण वडा नं १ को सापिङस्थित महत बस्तीको करिब १२–१४ घरधुरी जोखिममा परेको जानकारी दिनुभयो । “बस्ती नजिकै पहिरो गएका कारण त्यसको असरले नजिकैका घर तथा शौचालय भएको ठाउँमा नै धाँजा फाट्दै गएकाले जोखिममा परेको

पहिरोले बस्ती जोखिममा

रुकुम पश्चिमको मुसीकोट नगरपालिका ५, भण्डारीकाँडास्थित डाङडुङ्गे बस्ती पहिरोको उच्च जोखिममा परेको छ । लगातारको बर्षाका कारण ठुलो पहिरो गएपछी बस्ति पहिरोको जोखिममा परेको हो । बस्ती जोखिममा परेसँगै त्यस क्षेत्रका स्थानीय समस्यामा परेका छन । लगातारको बर्षाका कारण असार २० गते राति बस्ती नजिकै ठूलो पहिरो गएपछी बस्ती जोखिममा परेको हो ।पहिरोको कारण यस […]

नमुना बस्ती नै जोखिममा

दैलेखको सदरमुकामस्थित गणेश चोकमा बादी समुदाय बसोबास गर्दै आएको नमुना बस्ती पहिरोको उच्च जोखिममा रहेको छ। बस्ती माथि बजार तल भिरालो जमिनमा सडक भएकाले नमुना बस्ती जोखिममा परेको हो।...

सन्थालको व्यवस्थित बस्ती बन्ने

काठमाडौं, साउन ८ । मोरङको उर्लाबारीमा सन्थाल जातिको व्यवस्थित बस्ती निर्माणका लागि ठेक्का सम्झौता भएको छ । अल्पसङ्ख्यक र लोपोन्मुख जातिको उत्थान गरी उनीहरूलाई व्यवस्थित र एकीकृत बस्तीमा बसाउने कार्यक्रमअन्तर्गत बस्ती निर्माणको सम्झौता भएको हो । सहरी विकास मन्त्रालयअन्तर्गतको सङ्घीय आयोजना कार्यान्वयन एकाइका प्रमुख गङ्गाप्रसाद यादवले मोरङको उर्लाबारी नगरपालिकास्थित रातोहोली खोल्सी किनारमा बस्ती निर्माण गर्न […]

नलगाड बस्ती

बारेकोट गाउँपालिका–८ सेपुखोलाको बस्ती । नलगाड जलविद्युत आयोजना निर्माण गर्दा यो बस्ती डुवानमा पर्ने छ । तस्वीर : हेमन्त केसी, रासस

रसुवाका दुई स्थानमा एकीकृत बस्ती बन्दै

रसुवाको दुई स्थानमा एकीकृत बस्ती निर्माण थालिएको छ । जिल्लाको उत्तरगया गाउँपालिकास्थित तिरु एकीकृत बस्ती र आमाछोदिङ्मो गाउँपालिकास्थित पाङलिङ एकीकृत बस्ती निर्माणको काम अघि बढेको हो । चार एकीकृत बस्तीमध्ये दुईवटा एकीकृत बस्तीमा...