काठमाडौं। प्रदेश नं १ को नामकरणको लागि मुख्यमन्त्री शेरधन राईले आजदेखि छलफल गर्न थालेका छन्। चालू अधिवेशनबाटै प्रदेशको नाम राख्ने गरी तयारी भएकाले प्रदेश नं १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग मुख्यमन्त्री राईले नामकरणको विषयमा परामर्श थालेका हुन्। आगामी सूचना नआउँदासम्म स्थगित प्रदेश सभाको अधिवेशनकैबीच नामकरणका सहमति जुटाउने गरी छलफल थालिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।