काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा बुधबार काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस हुने भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टाेलीका पूर्वकप्तान लामिछानेले मंगलबार जिल्ला न्यायाधीश माधव घिमिरेको इजलासमा बयान दिएका थिए । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अभियोगपत्र दायर गरेको थियो । अभियोगपत्र दायरपछि अदालतमा […]