आंशिक प्राध्यापकले आफूहरुलाई करारमा नियुक्ति दिन माग गर्दै बुधबारदेखि त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित कार्यालयमा आमरण अनशन सुरु गरेका छन् । आंशिक प्राध्यापक संघको आह्वानमा चितवनस्थित वीरेन्द्र बहुमुखी क्याम्पसका शिक्षक डा. महेश गजुरेल अनशनमा बसेका छन् । ‘यसअघि ६४ दिनको रिले अनशनको दौरान आंशिक प्राध्यापकहरुको करारमा नियुक्ति दिनेबारे सुनुवाइ हुननसकेपछि दसैंमा आमरण अनशन सुरु गर्न बाध्य भएका हौं,’ आंशिक प्राध्यापक संघका केन्द्रीय सदस्य विष्णु लम्सालले भने ।