आंशिक प्राध्यापक संघले आफूहरूलाई करार गर्न माग गर्दै आज माइतीघरमण्डलमा धर्ना दिएको छ । सात दिनदेखि संघका अध्यक्ष डा महेश गजुरेलले कीर्तिपुरस्थित त्रिविको मूल प्रवेशद्वारमा आमरण अनशन जारी राखे पनि त्रिवि र सरकारले सुनुवाइ नगरेको भन्दै एक घण्टा धर्ना दिइएको हो । संघका केन्द्रीय सदस्य योगेशकुमार गोइतका अनुसार संघका सहअध्यक्ष नरेन्द्र भण्डारीसहितको टोलीले आजै राष्ट्रिय…
आंशिक प्राध्यापकले आफूहरुलाई करारमा नियुक्ति दिन माग गर्दै आज त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित कार्यालय अगाडि आमरण अनशन सुरु गरेका छन् । आंशिक प्राध्यापक संघको आह्वानमा वीरेन्द्र बहुमुखी क्याम्पस, चितवनका शिक्षक डा महेश गजुरेल अनशनमा बसेका हुन्। संघका केन्द्रीय सदस्य विष्णु लम्सालका अनुसार यसअघि गरिएको ६४ दिनको रिले अनशनबाट सुनुवाइ नभएकाले वडादशैं कै बीचमा आमरण अनशन सुरु…
आंशिक प्राध्यापकले आफूहरुलाई करारमा नियुक्ति दिन माग गर्दै बुधबारदेखि त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित कार्यालयमा आमरण अनशन सुरु गरेका छन् । आंशिक प्राध्यापक संघको आह्वानमा चितवनस्थित वीरेन्द्र बहुमुखी क्याम्पसका शिक्षक डा. महेश गजुरेल अनशनमा बसेका छन् । ‘यसअघि ६४ दिनको रिले अनशनको दौरान आंशिक प्राध्यापकहरुको करारमा नियुक्ति दिनेबारे सुनुवाइ हुननसकेपछि दसैंमा आमरण अनशन सुरु गर्न बाध्य भएका हौं,’ आंशिक प्राध्यापक संघका केन्द्रीय सदस्य विष्णु लम्सालले भने ।